अपराधिक क्रियाकलाप रोक्न प्रहरी प्रशासन सक्रिय

  ।   १९ माघ २०७७, सोमबार १९:०८

जुम्लाका अपराधिक क्रियाकलाप रोक्न प्रहरी प्रशासन कार्यालय सक्रियताका साथ लागेको छ । जुम्ला संगसंगै कर्णालीका कालिकोट र मुगु जिल्लाका छिमेकी बस्तीमा समेत सचेतनाका क्रियाकलाप हुन थालेका छन् । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा कालिकोटको नाग्म बजारमा पहिलो पटक सचेतना कार्यक्रम गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा कालिकोट, मुगु र जुम्लाको सिमावर्ती क्षेत्र नाग्म बजारमा ¥यालीसहित सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार नाग्म बजार तीन जिल्लाको प्रवेशद्धार हो । यहाँका युवा, व्यापारी, महिला लगायतका स्थानीयबासिन्दाको सहभागितामा अपराध न्युनिकरण सम्बन्धि र्याली निकालेर सचेतना गरिएको थियो ।
अपराधिक गतिविधिको प्रवेशविन्दु भनेकै सीमा क्षेत्र भएकाले पटक पटक सचेतामुलक कार्यक्रम गर्नु पर्ने स्थानीयको जोड थियो । कर्णालीमा सडकको विकास संगै अपराधिक गतिविधिहरू पनि बढे । यसको निसाना सिमावर्ती बजारमा पर्यो, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ अब अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सचेतना फैलाउने काम शुरु भएको छ । यो कार्यमा स्थानीयको सहभागिता र साथको जरुरी छ । ’
जहाँ अपराध हुने गर्छ । त्यहाँ शान्ति सुरक्षाको अभाव महसुस हुने गर्छ । शान्ति सुरक्षा र सुशासन कायम गर्नका लागि अपराध न्युनिकरण हुन आवश्यक छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ अब अपराधिक क्रियाकलाप हुन नदिनको लागि सबै सरोकारवाला सक्रिय र सचेत हुन जरुरी छ । सबैको साथले मात्र अपराध नियन्त्रण हुुन्छन् । अपराधिक क्रियाकलाप रोकिन्छन् । ’
जुम्ला, कालिकोट र मुगुमा सडकको विकाससँगै सहरीकरण पनि बढेको छ । भने सँगै लागू औषध दुव्र्यसनी पनि बढ्दै छ । हत्या हिंसा,बलात्कार, चेलिबेटी बेचबिखन, चोरी शिकारी जस्ता गतिविधि तीब्र भइरहेका छन् । यसले समाजको शान्ति सुरक्षामा खलल पुगेको छ । ’
समाजलाई सभ्य र सुसूचित बनाउन अपराधिक गतिविधिले बाधा पुर्याएको छ । गाउँमा व्यापारका नाममा पनि अपराधिक प्रवृत्तिका मान्छे प्रवेश गरेकोले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सडक संजालको विकास संगै अपराधिक गतिविधि बढिरहेको बताउँछिन् । स्थानीय प्रशासनले समय सान्दर्भिक सचेतना कार्यक्रम गरेकोले राम्रो सन्देश गएको उनले बताइन् । हत्या बलात्कार,घरेलु हिंसा,लागु औषध दुव्र्यसनी, लागु औषध ओसार पोसार बढेकोले सुरक्षा सतर्कता बढाउनुपर्नेमा जोड दिइन् ।
सचेतनामा सहभागिले अपराधमुक्त समाज निर्माणका लागि सबैले आ आफ्नो ठाउँबाट लाग्ने प्रतिबद्धता जनाएका थिए ।

Next Post

कर्णाली : बस्ती जलिरहन्छ, सरकार हेरिरहन्छ

१९ माघ २०७७, सोमबार १९:०८
सुुर्खेत– कर्णाली प्रदेशमा आगलागीबाट विगत तीन वर्षमा एक अर्ब ७१ करोड भन्दा बढीको क्षति भएको छ। पूर्वतयारी नहुनु, खरको छानो विस्थापन नगरिनु र बस्तीको बिमा नहुँदा आगलागीको जोखिम अझै उच्च छ। घटना : १ माघ १३ गते चुलोबाट निस्केको झिल्कोले जुम्ला तिला गाउँपालिका–७ को गोठीबस्ती खरानी भयो। ३२ घर पूर्ण […]