अग्नि पीडितलाई गृह मन्त्रालयको टेन्ट

  ।   १९ माघ २०७७, सोमबार २२:०५

गोठीगाउँका अग्नि पीडितलाई गृहमन्त्रालयको टेन्ट जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँका अग्नि पीडितका लागि गृह मन्त्रालयले टेन्ट (अस्थायी घर) पठाएको छ ।

गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रबाट गोठी गाउँका २८ घरपरिवारका लागि टेन्ट पठाएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागीमा परेका अग्नि पीडितहरूको आपतकालीन आश्रयको लागि पठाएका टेन्ट तिला गाउँपालिकामा पुगिसकेको बताए । उनले भने,‘टेन्ट गाउँपालिकामा पुगिसकेको खबर प्राप्त भएको छ ।

भोलि नै घटनास्थलमा पुग्नेछ । यही माघ १३ गते गोठिगाउँमा २८ घरमा आगलागी भएको थियो । आगलागीबाट घरभित्रका अन्नपात, पशु चौपाया मरेका थिए । यसअघि कर्णाली प्रदेश विपद व्यवस्थापन समिति, जिल्ला विपत व्यवस्थापन समिति लगायत सरकारी तथा गैरसरकारी संघ संस्था बाट राहत स्वरुप खाद्यन्न, लत्ताकपडा, भाडाँ कुडा उपलब्ध भइसकेको छ ।

राहत उपलब्ध हुने क्रम जारी भएकोले सबैलाई एकद्धार प्रर्णाली मार्फत राहत बाड्न जिल्ला प्रशासन कार्यालय जुम्लाले आग्रह गरेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा टेन्ट अग्नि पीडितका लागि आइपुगेका हुन् । प्रमुख जिल्ला अधिकारी थापा राहत लिएर गाउँमै पुगेका थिए ।

उनले आगलागी भएको पुगेर वास्तविक क्षतिको बारेमा जानकारी लिएका थिए । सरकारले छिटो छरितो रुपमा राहत तथा उद्धारको काम अघि बढाएको भन्दै अग्नि पीडित निकै खुसि छन् । स्थानीय मोतीलाल रोकायाले अग्नि पीडितका लागि सरकारले देखाएको तदारुकता प्रसंशनीय रहेको बताए । उनले भने,‘सरकार जिम्मेवार रुपमा प्रस्तुत भइरहेको अनुभुति भयो । अव आवास निर्माणका लागि पहल होस । ’

Next Post

कर्णालीमा हाल सम्म ३० जनाको मृत्यु

१९ माघ २०७७, सोमबार २२:०५
कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा हाल सम्म तीस जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीले ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो । दैलेख गुराँस गाउँपालिका ५ का ६४ वर्षीय एक जना पुरुषको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३० पुगेको मन्त्रालयले जालकारी […]