कर्णालीमा हाल सम्म ३० जनाको मृत्यु

  ।   २० माघ २०७७, मंगलवार ०८:२५

कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा हाल सम्म तीस जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीले ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
दैलेख गुराँस गाउँपालिका ५ का ६४ वर्षीय एक जना पुरुषको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३० पुगेको मन्त्रालयले जालकारी दियो । माघ ७ गते कोराना संक्रमण पुष्टि भई कर्णाली प्रदेश अस्पताल सुर्खेतको आईसियुमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
लामो समयदेखि संक्रमित उच्च रक्तचापको बाट ग्रसित थिए । यस अघि २९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाईसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेल बताउँछन् ।
कर्णाली प्रदेशमा हालसम्म ९७ हजार ५९ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । जसमा सात हजार ५१३ जनामा कोरोना संक्रमण देखिएको थियो । यी मध्ये सात हजार २९० (९० प्रतिशत) निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Next Post

दिर्घरोगीलाई सात प्रकारका खोप

२० माघ २०७७, मंगलवार ०८:२५
काठमाडौँ — सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो । मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, असाध्य मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले […]