चुनाव खर्च लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

  ।   २१ माघ २०७७, बुधबार २०:२०

निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने जानकारी गराएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड–१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको हो ।

‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ आयोगले भनेको छ।

आयोगले कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने ढंगले कार्यविधि बनाएको जनाएको छ।

Next Post

महिला आत्मनिर्भर कार्यक्रम शुरु

२१ माघ २०७७, बुधबार २०:२०
जिल्लाको चन्दननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाले महिला आत्मनिर्भर कार्यक्रम शुरु गरेको छ । नगरपालिका क्षेत्रका महिलाको आयआर्जनमा बृद्धि गरि आत्मनिर्भर बनाउने खाले कार्यक्रम तर्जुमा भएका हुन् । चालु आर्थिक बर्षमा नगरपालिका भित्रका १० वटै वडामा महिलाहरुको क्षमता अभिवृद्धका कार्यक्रम भइरहेको महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा थापाले बताइन् । […]