महिला आत्मनिर्भर कार्यक्रम शुरु

  ।   २१ माघ २०७७, बुधबार २०:४१

जिल्लाको चन्दननाथ नगरपालिकाको महिला तथा बालबालिका शाखाले महिला आत्मनिर्भर कार्यक्रम शुरु गरेको छ । नगरपालिका क्षेत्रका महिलाको आयआर्जनमा बृद्धि गरि आत्मनिर्भर बनाउने खाले कार्यक्रम तर्जुमा भएका हुन् ।
चालु आर्थिक बर्षमा नगरपालिका भित्रका १० वटै वडामा महिलाहरुको क्षमता अभिवृद्धका कार्यक्रम भइरहेको महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा थापाले बताइन् । उनले भनिन्,‘ महिला,बालबालिका,जेष्ठ नागरिक र छोरी सुरक्षा लक्षित कार्यक्रम अहिलेको प्राथमिकता हो । त्यही अनुसार कार्यक्रम तयार भएका छन् । ’
नगरभित्रका १० वटा वडामा विभिन्न समुहमा रहेर आर्थिक आयआर्जन गरि व्यवसाय गरेकी महिला उद्यमीहरुलाई भिन्न भिन्न कार्यक्रम मार्फत समेट्न थालिएको उनले बताइन् ।
चन्दननाथ नगपालिकाका १ मा च्याउखेति, २ वडामा स्याउको चाना तथा विभिन्न परिकार सम्बन्धी तालिम, ३ वडामा आलुको चिप्स तथा विभिन्न परिकार बनाउने, ७ वडामा फापर उत्पादन तथा फापरबाट बन्ने विभिन्न परिकार सम्बन्धी तालिम दिइसकिएको छ ।
बाँकी रहेको वडामा आगामी बर्षमा कार्यक्रमहरु लैजाने तयारी भइरहेको छ । अहिले पुरुष प्रधान समाजमा महिला परनिर्भर जस्तैछन् । उनले भनिन्,‘हामीले आयआर्जनका माध्यमबाट महिला आत्मनिर्भर भएर पुरुष परनिर्भर भएको हेर्न चाहान्छौँ । नगरपालिका यसै बिषयमा केन्द्रीत छ । ’

Next Post

न्यानो अभियान लिएर जुम्ली सिडिओ गाउँमा,विपन्न नागरिक हर्षित

२१ माघ २०७७, बुधबार २०:४१
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा हिमपात पुर्व तयारी योजना अनुसार न्यानो कपडा लिएर गाउँगाउँमा पुगेका छन् । उनी अति विपन्न नागरिकलाई न्यानो कपडा र आवश्यक खाद्यन्न लिएर हरेक स्थानीय तहका गाउँमा पुगेका हुन् । चिसो बढ्दै गएपछि महिला, बालबालिका,अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिक धेरै प्रभावित थिए । जसमध्ये […]