बन्दले गर्दा जुम्लामा पनि सास्ती

  ।   २२ माघ २०७७, बिहीबार १३:३४

रत्नचूडेश्वर माविका प्रधानाध्यापक कृष्ण बहादुर राेकायालाई स्कुलकी छात्रा निर्मला बुढाले बिहानै फाेन गरेर साेधिन, ‘बन्द हाे भन्छन् स्कुल लाग्ने हाे कि नाई सर?’

‘सबै स्कुल लागे भने हाम्राे स्कुल लाग्छ, नलागे लाग्दैन,’ उनले भने।

निर्मलालाई बन्द कसले गरेकाे हाे थाहा छैन। तर बन्दकाे हल्ला हिजाे राति नै उनकाे कानमा परिसकेकाे थियाे। ‘त्यही भएर स्कुलका सरहरुलाई साेधेकाे हाे। बिहान बाहिर निस्कँदा बजार पुरै बन्द देखे,’ उनले भनिन्।

बिहिवार देशभर नेकपा (प्रचण्ड माधव) खेमाले आम हड्तालकाे आह्वान गरेकाे छ।

बिहानैदेखि नै आम हड्ताललाई साैहार्द तवरले सफल पार्न लागेकाे बताए प्रचण्ड-नेपाल समूहका नेता पूर्ण प्रसाद धितालले।

‘हामीले सबैलाई आम हड्ताल सफल पारिदिन आग्रह गरेका छाैं। उहाँहरुकाे सहयोग र साथ पाएका छाैं,’ उनले भने, ‘हाम्राे आग्रह मान्नेले बन्द गर्नुहुन्छ, नमान्नेले गर्नुहुन्न। चन्दननाथ स्कुलका हेडसर टंक महतले बन्द गर्न मान्नु भएन। हामीले अन्यथा लिएनाैं।’

उनका अनुसार स्कुल, कलेज, हाेटेल, व्यवसाय, उद्याेग धन्दा, यातायात सबै बन्द गर्न अनुराेध गरिएकाे छ।

आम हडताल आह्वान गरिएकाे हुनाले त्यसकाे प्रभाव पर्ने भएपनि हाेटल व्यवसाय, स्कुल, कलेज खुलाउन चाहनेलाई सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

‘कहिँ कतै समस्या आउनेबित्तिकै प्रहरी खटाएर सहयोग गर्नेछाैं,’ उनले भने, ‘स्कुल, कलेज बन्द हुँदैनन्। भर्खर चन्दननाथ माविमा बन्द गराउन नेकपाका कार्याकर्ता आउनुभएकाे थियाे रे। हामीले स्कुलमा प्रहरी पठाएर सञ्चालन गर्नलाई सहयोग गर्‍याैं।’

उनले अत्यावश्यक सुविधाहरु खुल्ने जानकारी दिए।

आम हड्तालले जुम्ला प्रभावित बनेकाे डिएसपी माधव काफ्लेले बताए। ‘यातायात पुरै बन्द छ। बजार पनि बन्द छ। केही समस्या आयाे भने सुरक्षा दिनलाई प्रहरी हाई अलर्टमा छ,’ उनले भने।

एम्बुलेन्स, ओैषधि पसल सञ्चालनमा कुनै अवरोध नल्याउने र आम हड्ताल सफल पार्नलाई केबल अनुराेध मात्र गर्ने नेकपा(प्रचण्ड-माधव) समूहले जनाएको छ। बिएलन्युज

Next Post

आमहड्तालले जनजीवन प्रभावित

२२ माघ २०७७, बिहीबार १३:३४
नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालले जनजीवन प्रभावित बनेको छ। सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले देशव्यापी आमहड्ताल गरेको हो। संसदीय सुनुवाई विना नै हिजो संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराइएको थियो। हड्तालको क्रममा विहानैदेखि जिल्ला सदरमुकामहरुमा प्रदर्शन भइरहेका छन्। राजधानीका विभिन्न स्थानमा केन्द्रीय नेताको नेतृत्वमा कार्यकर्ताहरु उत्रिएका छन्। […]