राउटेको कोशेली, सिडिओको राहत

  ।   २४ माघ २०७७, शनिबार १७:०२

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आफुहरुले निर्माण गरेका काठका कोशेली दिन जुम्ला पुगेका राउटेलाई राहत प्रदान गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले राहत उपलब्ध गराएको हो । हिमपात योजना बनाएर गाउँगाउँका विपन्न नागरिकलाई कम्वल, खाद्यन्न, जकेट जस्ता न्यानो वितरण गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले राउटेलाई पनि राहत दिइएको हो ।
घुमन्ते समुदाय राउटे दाजुभाइहरुले घर परिवारको लागि चामल माग गर्नुभयो,प्रमुख जिल्ला अधिकारी थापाले भने,‘जुम्ला पुगेका सबैलाई प्रतिकेजी २५ केजीका दरले ३ प्याक चामल र पाँच सय रुपैयाँ बाटोमा खाजा स्वरुप उपलब्ध गराईयो । ’ उनले सुर्खेत सम्म जाने बस समेत व्यवस्थापन गरिएको बताए ।
सिडिओ सापले भेट्ने अनि आफ्नै हातले कोशेली दिएर जाने भनेर राउटे जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेका थिए । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ हिजो होटलमा ढिलो पुग्दा खान पाकेन भन्ने गुनासो गर्नुभयो । खान खाने व्यवस्था मिलाईयो । चिसो भएको भनेपछि सुर्खेत सम्मको व्यवस्था गरेर फर्काइयो ।
जुम्ला पुगेका राउटे राहत पाएपछि निकै खुसि भएर फर्के । उनीहरु बर्षेनी आफुहरुले बनाएका काठका भाडा कोशेली स्वरुप लिएर जुम्ला पुग्ने गरेका छन् ।

Next Post

भागरथीको बलात्कारपछि हत्या

२४ माघ २०७७, शनिबार १७:०२
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ। शनिबार जिल्ला अस्पताल बैतडीमा उनको शव पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा […]