थाहाकर्मी शाहीलाई नगरप्रमुखको धम्की

  ।   १० फाल्गुन २०७७, सोमबार ०८:०५

थाहाकर्मी तथा पत्रकार दिलमाया शाहीद्वारा लिखित समाचारको विषयलाई लिएर चन्दननाथ नगरपालिका, जुम्लाका नगरप्रमुख कान्तिका सेंजुवालले टेलिफोनबाट दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 शाहीलाई समाचार लेखेकै कारण टेलिफोनमा असभ्य भाषामा गरिएको गालिगलौजप्रति महासंघले ध्यानाकर्षणसहित विज्ञप्तिमार्फत् विरोध गरेको हो ।

‘प्रकाशित समचारप्रति चित्त नबुझेमा खण्डन गर्ने तथा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै यस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै सार्वजनिक पद धारण गरेका जिम्मेवार व्यक्तिबाट प्रेस स्वतन्त्रतामथि नै धावा बोलेको हाम्रो ठहर,’ रहेको उल्लेख गर्दै अगाडि भनिएको छ ,‘पत्रकारमाथिका यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिँदै स्वतन्त्र,निर्भयका साथ पत्रकारिता गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसँग माग गर्दछौं ।’

Next Post

प्रधानमन्त्रीबाट उपराष्ट्रपतिको अपमान

१० फाल्गुन २०७७, सोमबार ०८:०५
उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्। फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम […]

सम्बन्धित