ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  ।   १४ फाल्गुन २०७७, शुक्रबार १६:२७

हुम्लाबाट मुगु जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ। मुगुस्थित छायाँनाथ रारा नगरपालिका–१४ बाम लौरीडाँडा खोला नजिकै लु४त ७३६६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा करिब ४५ वर्षीय र्धमशीला बुढाको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गमगडीमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक बुढाको टाउको र दुवै खुट्टामा गहिरो चोट लागेको थियो। ट्याक्टर चालक रुकुम पश्चिम आठवीसकोट नगरपालिकाका २३ वर्षीय राजु चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Next Post

ओली समूहले गुरुङलाई हटाएर भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

१४ फाल्गुन २०७७, शुक्रबार १६:२७
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । […]