ओली समूहले गुरुङलाई हटाएर भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

  ।   १४ फाल्गुन २०७७, शुक्रबार १६:५८

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ ।

संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । प्रदेश १ का सांसदहरूकाे भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।

विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Next Post

साइकल चढ्नेलाई २५ प्रतिशत मासिक शुल्क छुट

१४ फाल्गुन २०७७, शुक्रबार १६:५८
वीरेन्द्रनगरस्थित शिद्धपाइला क्याम्पसले साइकल चढेर पढ्न आउने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट दिने गरेको छ । क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले साइकलको प्रयोगबाट विद्यार्थी शारिरिक तथा मानसिक रुपमा स्वस्थ हुनुका साथै आर्थिक बचत हुने भएकाले साइकल चढ्ने बानीको विकास गर्न मासिक शुल्कमा छुट दिने गरिएको बताए । ‘साइकल चढ्दाका फाइदाहरु […]