न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

  ।   १६ फाल्गुन २०७७, आईतवार २०:३५

दाङ । दाङमा एक न्यायाधीशको श्रीमती ब्राउनसुगरसहित पक्राउ परेकी छिन् ।उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।

उनलाई जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पक्राउको पुष्टि गरेको गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् । तर, तुलसा श्रीमानसँग अंश लिई २०७३ सालदेखि  अलग-अलग बस्दै आएको पारिवारिक स्रोतले बताएको छ ।

Next Post

कर्णालीमा नागरिकमैत्री प्रहरी ऐन बन्छ : मन्त्री भण्डारी

१६ फाल्गुन २०७७, आईतवार २०:३५
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीमा नागरिकमैत्री प्रहरी ऐन बनाउन लागेको बताएका छन । उनले अबको प्रहरी व्यवहारिक र आधुनिक प्रकृतिको हुने बताए । जुम्लामा प्रदेश प्रहरी मस्यौँदाका बिषयमा आयोजित छलफलमा मन्त्री भण्डारीले समाजमा कानुन कार्यान्वयन देखि शान्ति सुरक्षालाई मजबुत बनाउन व्यवहारिक तथा आधुनिक प्रहरी सेवा आवश्यक […]