जुम्लामा बेवारिसे शव फेला

  ।   १९ फाल्गुन २०७७, बुधबार २०:३५

जुम्लामा एकजना नाम, थर वतन नखुलेका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । चन्दननाथ नगरपालिका–१० पीपलगाउँस्थित भटेवाडा सिनम सिँचाइ कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।

४०/४५ वर्षीय जस्ता देखिने ती पुरुषको शव सिँचाइ कुलोमा घोप्टे परेर डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Next Post

कर्णाली प्रदेशका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार

१९ फाल्गुन २०७७, बुधबार २०:३५
खाना, नाना र छानाको माग गर्दै आन्दोलनरत कर्णालीका बादी समुदायको माग र कर्णाली प्रदेश सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीहरुलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका छन् । मंगलबार दिउँसो प्रमुख सचिवकै कार्यकक्षमा बादी समुदायका मागका विषयमा छलफल भइरहेका बेला […]