अक्षर चिन्दै मुगाली महिला,चिनाउँदै चन्दननाथ नगरपालिका

  ।   २४ फाल्गुन २०७७, सोमबार १०:४६

चन्दननाथ ५ की मिनजंग तामाङ भर्खर अक्षर सिक्दैछिन् । उनी कखरा सिक्न थालेकी हुन । साक्षर नहुँदा हरहिसाव गर्न नसकेकोमा उनी दुखि थिइन । घरपरिवारमा कारोबार भइरहने तर हिसाव किताव मिलाउन नसक्दा निकै पछुतो हुन्थ्यो । सामाजिक कार्य गर्दा देखि सामान्य लेखपढ गर्न नजान्दा सबैले हेप्थे । उनले भने,“सामान्य लेखपढ त जान्नु पर्ने रहेछ । निरक्षर मान्छेको जता सुकै काम हुदोरहेनछ । अब मेहनत गरेर अक्षर चिन्ने प्रयास गर्दैछु । यो अभ्यासले केही नभएपनि पुर्ण बनाउनेछ । ”
चन्दननाथ नगरपालिकाले मुगाली समुदायमा साक्षरता कक्ष सञ्चालन गरेपछि मुगाली महिलाको अक्षर चिन्न धोको पुरा हुने भएको हो । सदरमुकाम भित्र मुगाली बस्ती छ । अधिकांस मुगाली महिला निरक्षर थिइन । अब नगरपालिकाले थालेको यो अभियानले निकै राहत मिल्नेछ । चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा पहिलो चरणको साक्षरता कक्ष शुरु गरेको हो ।
स्थानीय छिरिङ लामा तामाङले नगरपालिकाले निरिक्षर महिलालाई साक्षर बनाउन थालिएको अभियान सकरात्मक भएको बताइन । उनले भनिन्,“मुगाली समुदायमा निरक्षर संख्या बढि छ । यो साक्षरता कार्यक्रमले निकै राहत मिल्नेछ । यो अभियानबाट महिलाले अक्षर चिन्न थाल्नेछन । सामान्य हिसावकिताब राख्न सक्नेछन । ”
चन्दननाथ नगरपालिकाका नगर उपप्रमुख अप्सरादेखी न्यौपाने अहिलेको समयमा यति धेरै निरक्षण ब्यक्ति देख्दा अचम्म लागेको बताईन । उनले भनिन,“सदरमुकाम भित्रका नागरिक यति धेरै निरक्षर छन भन्ने कल्पना सम्म गरिएको थिएन । तर निरक्षर संख्या धेरै रहेछ । अब यहाँका निरक्षर नागरिकलाई साक्षर बनाउने कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । ”
तपाईहरु राम्रो सित पढ्नुहोस, साक्षर हुनुहोस, राजनैतिक लगायत हरेक क्षेत्रमा सहभागिता जनाउनुस । यो नै महत्वपुर्ण उपलब्धि हुनेछ । उपप्रमुख न्यौपानेले भनिन,“ नगरपालिकाबाट हुने सहयोगमा कन्जुस्याइँ हुनेछैन ।” साक्षरताका लागि नगरपालिकाले चालु आर्थिक बर्षका लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले नगरक्षेत्रमा विकास क्रमको गति संगै शिक्षाको विकास हुन नसकेको प्रति दुख पोखे । उनले भने,“अब मुगाली बस्तीका बालबालिका देखि बृद्धबृद्धा सम्मलाई साक्षर बनाउन नगरपालिकाले महत्वपुर्ण भुमिका निभाउनेछ । ”
नगरपालिकाका १, ३, ५ र ६ का जनजाति मुगाली महिलाहरु अहिले पनि धेरै निरक्षर भएको पाइयो, उनले थपे,“अब साक्षर बनाउछौँ ।” नगरपालिकाले जनजाती साक्षरता पुस्तक तयार पारेको छ ।
साक्षरता कक्ष शुरु भएपछि महिलाहरुको भिड लागेको छ । अहिले दुई वटा कक्ष शुरु भएको छ । एउटा कक्ष थप्ने तयारी भइरहेको छ । यो साक्षरता कक्ष ३ महिना सम्म चल्नेछ । नगरपालिका भित्र मुगाली समुदायका ९० घर छन । अधिकाँस महिला र पुरुष निरक्षर छन ।
यी सबैलाई साक्षर बनाउने उद्धेश्य रहेको मुगाली महिला अगुवा छिरिङ लामा बताउँछिन । अहिले पहिलो चरणमा ५० जनाको कोटा थियो । तर ८० महिला पढ्न आउँछन । शिक्षा प्रति चासो राख्ने निरक्षर महिलाको संख्या बढ्न सक्ने चन्दननाथ नगरपालिकाले जनाएको छ ।
मुगाली महिलाको शिक्षा आर्जन गर्ने धोको पुरा भएको छ । यो धोको पुरा गर्न नगरपालिकाले राम्रो साथ दिएको छ । जुम्लाको पातारासी, गुठिचौर र चन्दननाथ नगरपालिकामा मुगाली बस्ती छ ।

Next Post

छाउगोठ भत्किए, महिलाका कष्ट उस्तै

२४ फाल्गुन २०७७, सोमबार १०:४६
सुर्खेतको चौकुने गाउँपालिका–४ भुरेभावरकी रंगा रोकाय एक साता खुल्ला चौरमा रात विताएर भर्खरै घरको आँगन टेकिन्। चिसोमा रात बिताउनु उनका लागि रहर थिएन। रंगाका श्रीमान मानबहादुर पुजारी हुन्। देवर पवन धामी छन्। ‘महिनावारी (छाउ) भएको समयमा आँगन टेक्यो भनेपनि देउता लाग्छन्,’ रंगाले भनिन्, ‘देउता रिसाउने भएकालेसात दिन खुल्ला ठाउँमा कटाउनुपर्छ।’ अघिल्लो वर्ष […]