काँग्रेस र जसपा नेताहरुबीचको बैठक सकियो, अब माओवादी केन्द्रसँग छलफल गरिने

  ।   २८ फाल्गुन २०७७, शुक्रबार १८:३०

काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज अपरान्ह बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज केही सहमति नभएको बताए। ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

अब आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताए । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताए । शर्माले, ‘छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौ । ‘

त्यसका लागि अब काँग्रेसले अग्रसरता दिनुपर्नेमा जसपा नेताहरूबाट राय आएको उनको भनाइ छ  ।

Next Post

ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

२८ फाल्गुन २०७७, शुक्रबार १८:३०
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।