एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै, माधव नेपाल पक्ष नजाने

  ।   ७ चैत्र २०७७, शनिबार १०:१९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज बस्दै छ । तर, एमालेको माधव नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने तयारी गरेको छ । शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरिएको एक नेताले बताएका थिए ।

बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए विचार सहभागिताको बारेमा विचार गर्न सकिने नेपाल पक्षको निष्कर्ष छ।

त्यस्तै, आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि भाग नलिने निर्णयमा नेपाल पक्ष यथावत छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा समेत आह्वान गरेका छन् ।

तर, नेपाल पक्षले भनेको छ- केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने ।

संस्थापन पक्षले भने पार्टीका आधिकारिक बैठकमा भाग नलिने सांसदहरूमाथि कारवाही गरिने चेतावनी दिइसकेको छ ।

Next Post

कर्णालीमा एमालेको निर्णय कुर्दै माओवादी बैठक स्थगित

७ चैत्र २०७७, शनिबार १०:१९
सुर्खेत । साढे दुई वर्षपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दल कर्णाली प्रदेशको पहिलो बैठक शुक्रबार बसेको छ । सदनमा १३ सदस्य रहेको संसदीय दलको पहिलो बैठकमा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक ४ गरी १२ जना सांस सहभागी थिए । २०७५ जेठपछि पहिलो पटक बसेको उक्त बैठकले […]