समाजसेवी सुनारद्धारा खेलाडीलाई जर्सी

  ।   ११ चैत्र २०७७, बुधबार १८:५३

सुर्खेत बीरेन्द्रनगरका समाजसेवी तिर्थ सुनारले खेलाडीलाई जर्सी उपलब्ध गराएका छन । सुर्खेतमा भइरहेको प्रथम चुलि कपमा हाम्रो कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर सुर्खेतको भलिबल प्रतियोगिताका खेलाडीलाई समाजसेवी सुनारले जर्सी वितरण गरेका हुन ।
टिमका ब्यबस्थापक ÷ कोचर तथा हाम्रो कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक पदम बहादुर बि.क. र खगेन्द्र मल्ललाइ सयुक्त रुपमा जर्सी दिएका हुन ।
नेपालको खेल ओझेलमा परेको अबस्थामा यसको प्रर्वद्धनको लागी खेलाडीहरुलाई जर्सी दिइएको सुनारले बताए ।  खेलक्षेत्रमा लागेका खेलाडीलाई प्रोत्साहन गर्नको लागी आफुले थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुसि भएको प्रतिक्रिया दिए ।
खेलाडीहरुले खेलकुदका माध्यमबाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेलको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले ईन्स्टिच्युटका खेलाडी हरुलाइ सहयोग गरिएको जिकिर गरे । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारा दिएपनि सरकारले खेलक्षेत्रमा लगानी गर्न नसक्दा धेरै खेलाडीहरु पलायन उनी बताउँछन ,
समाजसेवी सुनारले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन । कोरोना माहामारीले रोजगारी गुमाएका मजदुर, विद्यार्थी र वृद्धावृद्धहरुलाई पनि समाजसेवी सुनारले सहयोग गरिरहेका छन ।
उनले भने,“आगामी दिनमा पनि विभिन्न क्षेत्रमा समाजसेवा गर्ने लक्ष्य रहेको थियो । सहयोग पनि गरेका छौँ । ”
सुनारले यसअघि पनि सिम्ताकै भलिबल खेलाडीलाई जर्सी बितरण गरेका थिए । खेलाडीका तर्फबाट हाम्रो कम्प्युटर ईन्स्टिच्युटका प्रबन्धक खगेन्द्र मल्लले समाजसेवी सुनारलाइ हार्दिक धन्यवाद व्यक्त गरे । यो समयमा खेलाडीहरुलाई प्रोत्साहन गर्नेहरु अझ बढ्दै जानु पर्ने बताए । नेपालको खेल क्षेत्रलाई उचित गन्तव्यमा पु¥याउन त्यति समय पर्खिनु नपर्ने बताउँदै उनले जर्सि बुझेर समाजसेवी सुनारको प्रसंसा गरेका थिए ।

Next Post

स्याउ खेती बिमामा किसानको आकर्षण

११ चैत्र २०७७, बुधबार १८:५३
मौसममा आधारित स्याउ खेती  बिमा गर्न कर्णालीका किसान हौसिएका छन । मौसमका कारण स्याउमा हुने क्षति स्वरूप किसानले क्षतिपूर्ति पाउन थालेपछि किसान उत्साहित हुदै स्याउ खेती बिमा गर्न थालेका हुन । यो बर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका हुन । मौसमले गर्दा स्याउ फलेन […]