पत्रकारको निर्वाचनमा ‘निक’ नामको त्रास

  ।   २७ चैत्र २०७७, शुक्रबार १६:०८

धनबहादुर बुढा,
म जन्मिदा राखेको नाम थियो ‘धनराज’ । यो धनुराशीमा पर्छ । बढ्दै जादा मेरा नाम बदलिदै गए । म सानै देखि कुपोषण लागे जस्तो पातलो थिए । सबैले दोचो (दुब्लो) भन्न थाले । आमाको माया गर्ने नाम थियो, ‘चाउरो’ । मायाले आमाले चाउरो भनेर बोलाउँदा निकै आनन्द आउँथ्यो । मेरो आमा जीवित रहँदा सम्म चाउरो भनिरहनु हुन्थ्यो । म आमाले बोलाउँदा चाउरो भनेको कहिल्यै बिर्षदैन । त्यो नाम आमाले राखेको मायालु नाम थियो । यो नाममा जो सुकैले जति टिका टिप्पणी गर्छन । त्यो वाहियात लाग्छ ।
सानै देखि निकै दुब्लो र अग्लो थिए । गाउँका साथी संङ्गी लामताडे भन्न थाले । लामताडे भनेको सलक्क बढेको भन्ने बुझिन्छ । म सानो छदाँ निकै कालो थिए । बढ्दै जाँदा गहुगोरो भए । कालो हुदाँ बुबाले राखेको नाम थियो,‘हाडी’ । अहिले पनि गाउँका अधिकांसले मलाई हाँडी नै भनेर बोलाउँछन । यो गाउँले नाम भएकोले गाउँमा जाँदा बोलाउने यो नामले आनन्द मिल्छ ।
जब म स्कुल जान थाले । स्कुलमा बुबा आमाले हाडी,चाउरो,लामताडे,धनराज सबै नाम हटाइदिए । यो नाम स्कुलमा उपयुक्त थिएन । मेरो जेठो दाजु मोतिराम बुढाले स्कुलमा गएर राशी अनुसारको नाम ‘धनबहादुर’ राखे । स्कुले जीन्दगीमा यो नाम चर्चित थियो । स्कुलमा कक्ष १ देखि १० सम्म प्रथम हुन्थे । त्यही भएर पनि होला धनबहादुर नाम निकै चर्चित बन्यो ।
जनताको मुक्तिका लागि भन्दै पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले जनयुद्धको घोषणा गर्दा म पाँच बर्षको थिए । समयक्रम बढ्दै जाँदा २०५८ को अन्तिम तिर नेकपा माओबादीमा भुमिगत भए ।उति बेला म कक्ष १० मा पढ्दै थिए । उमेरका हिसावले म १४ बर्षको मात्र । माओवादीले गाउँको नाम भन्दा फरक नाम राखिदिन्थे । कसैले नचिनेको र नसुनेको नाम राख्ने र जनताको घरदैलोमा पठाउने माओवादी रणनीति हुन्थ्यो । सोही अनुसार मेरो नाम‘जगदिश’ राखियो ।
शान्ति प्रक्रियामा नआउँदा सम्म जगदिश नामले निकै परिचित बनायो । यो अवधिमा मैले पत्रकारिता शुरु गरे । मैले उतिबेला गर्ने भनेको युद्ध पत्रकारिता हो । युद्धपत्रकारिता निकै जटिल हुन्थ्यो । माओबादी शान्ति प्रक्रियामा आइपुग्दा म एक राम्रो समाचार लेख्ने पत्रकार भइसकेको थिए । युद्धपत्रकारितामा राज्यको विरुद्धको सामाग्री प्रस्तुत हुन्थ्ये । उतिबेला समाचार सामाग्री पस्कदा निकै खुसि लाग्थ्यो । रेडियो भेक आवाज, जनादेश र जनसन्देशमा मेरो समाचार छापिन थाले ।
शान्ति प्रक्रिया पछि निरन्तर पत्रकारिता गर्न थाले । २०६७।०६८ मा जुम्लामा पहिलो पटक स्थापना भएको रेडियो कर्णालीमा काम गर्ने अवसर पाए । तीन महिना भोलेन्टियर गरेपछि न्युनतम पारिश्रमिकमा काम थाले । रेडियो कर्णालीमा हुदाँ राखिएको नाम थियो,‘डिबी’। यो नाम धनको अंग्रेजी पहिलो अक्षर ‘डि’ र बहादुरको पहिलो अंग्रेजी अक्षर ‘बी’बाट बनेको थियो । रेडियोमा छोटकरी नाम उपयुक्त हुने भन्दै मेरा पत्रकारिताका गुरु तुफान न्यौपानेले राखिदिएको नाम हो । तुफान न्यौपाने उतिबेला रेडियो कर्णालीका कार्यक्रम संयोजक थिए । अहिले हिमालखबर पत्रिकामा कार्यरत छन ।
उनले भने,‘बाबु रेडियोमा धनबहादुर निकै लामो नाम भयो । डिबी बुढा भनेर परिचय दिने गर । यो उपयुक्त हुनेछ । ’ सोही अनुसार मैले डिबी बुढाका नामले प्रस्तोताको काम गर्न थाले । यो नाम निकै प्रख्यात बन्यो । रेडियो सुन्ने जो सुकैकोे जनजीब्रोमा बस्न थाल्यो यो नाम ।
पछिल्लो समयमा नागरिक राष्ट्यि दैनिक जुम्लामा काम गर्छु । अहिले पत्रिकाको बाइलाइनमा पनि डिबी नै लेख्छु । धेरैले डिबीको अर्थ सोध्दा धनबहादुर भनेर परिचय दिन्थ्ये । केहीले त धनबहादुर नै लेख्न दबाव दिएका थिए । कुनै बेला धनबहादुरले काम गरिराखेको अवस्थामा डिबीले प्रभाव पार्ने देखिन्छ भन्दै नागरिकतामा लेखिएको नाम नै बाइलाइनमा आउनु पर्ने भनिरहेका हुन्थे ।
मैले उतबेला मानेको थिइन । तर नेपाल पत्रकार महासंघ शाखा जुम्लाको निर्वाचनमा डिबी नामका कारण धनबहादुर चिन्न मतदातालाई निकै कठिन भयो । सबैले धनबहादुरको नाममा डिबी खोजिरहेका थिए । मैले प्रदेश परिषद सदस्यमा उम्मेदवारी दिएको थिए । सबैले डिबी भनेर चिनेका तर उम्मेदवारको नाम धनबहादुर देख्दा अक्क मक्क देखिन्थे । एकपछि अर्को गर्दै नाम चिनाउन निकै सकस भयो मतदाताको । धनबहादुर नाम प्रति अपरिचित मतदाता डिबीको नाम मत पत्रमा खोजिरहेका थिए ।
धनबहादुर नाम प्रति अन्यौल बढ्दा पराजित हुन सक्ने त्रासले छोयो । धेरै मतदाताले डिबी नाम नदेखेको भन्दै बाहिर सुनाउँथे । कसैले धनबहादुर तपाई हो भन्दै हाँसिरहेका हुन्थे । यही टेक नाम‘डिबी’का कारण निर्वाचनमा हार्न सक्ने भन्दै मैले मतगणना शुरु नहुँदै सिँजा यात्रा थाले । कहिले पराजित भएको खबर आउँछ भन्दै भयपुर्ण वातावरणमा बसिरहँे ।
पहिलो पटक मेरा अग्रज आदरणीय दाजु प्रेस सेन्टर नेपालका अध्यक्ष सुरजकुमार सिंहले ६१ मत गन्दा ३८ मत आइसकेको सुनाए । विश्वास लागेको थिएन । एकै छिन पछि अध्यक्षका उम्मेदवार नेत्रबहादुर शाहीले म्यासेज लेखे,‘मेरो प्यारो भाई सबै अग्रपंक्तिमा छौँ । प्यानलै जित्छौँ । ’
उम्मेदवारले नै जित्ने सुनिश्चित सहितको खबर पठाएपछि म उत्साहित भए । सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल र बहिनी लक्ष्मी न्यौपाने, दिदी बसना बुढा,धनलक्ष्मी पाण्डेयलाई सुनाए । मलाई लाग्यो,टेक नामका कारण त्रासितपुर्ण अवस्थाबाट पनि मतदाताले जिताए । निकै थोरै अभ्यासले नाममा देखिएको अन्यौलता हटेर बिजय गराउने आदरणीय, सम्माननीय, प्रिय सबै मतदाता पत्रकार प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
अब मेरो पत्रिकाको बाइलाइनमा धनबहादुर बुढा नै लेख्नेछु । अन्य कुनै पनि ठाउँमा धनबहादुर नामलाई नै प्राथमिकतामा दिनेछु । निक नामका कारण आगामी दिनमा आउन सक्ने समस्या प्रति सचेत बनेको छु ।
शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने निर्वाचन मण्डल र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको टीमलाई धन्यवाद दिन चाहान्छु । निर्वाचनमा पराजित सबै साथी प्रति सहानुभुति प्रकट गर्दै बिजेता नेत्रबहादुर शाहीको प्यानललाई हार्दिक बधाइ ज्ञापन गर्दछु । आगामी दिनमा जुम्लाको पत्रकारिता समन्वय,सहकार्य र मित्रतापुर्ण तरिकाले अघि बढ्ने अपेक्षा लिएको छु ।

Next Post

गाउँ नै आगो लगाउने पक्राउ

२७ चैत्र २०७७, शुक्रबार १६:०८
जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन । अनुसन्धानका क्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो । यही चैत २१ गते उनले मुल्ली बस्तीमा आगो लगाएका थिए । आगलागीबाट २९ घर पुर्ण रुपमा जलेका थिए । […]