मुल्लीका अग्नी पीडितलाई पाल

  ।   २८ चैत्र २०७७, शनिबार १६:१८

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागीका विस्थापित भएका २५ घरपरिवारलाई पाल दिइएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा अग्नी पीडितलाई पाल उपलब्ध गरिएको हो । आगलागीबाट २९ घर जलेको भएपनि २५ वटा पाल आएका हुन ।
प्रमुख जिल्ला अधिकारी थापाले भने‘मन्त्रालयमा २५ पाल स्टक रहेछन । तत्काल अग्नीपीडितलाई राहतको अनुभुति होस भनेर ती २५ पाल मन्त्रालयबाट पठाएको हो । ’ उनले अग्नी पीडितको लागि राहत काठमाण्डौँमा पहल भइरहेको बताए । पाल विश्व खाद्य कार्यक्रमले दिने हो, उनले भने,‘यी पालले अग्नी पीडितलाई तत्काल आवासको लागि सहजता ल्याउनेछ । भाडाकुडा सर सामान राख्न मिल्नेछ । ’
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले तिला गाउँपालिका ९ का वडाध्यक्षलाई पाल हस्तान्तरण गरेका हुन । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले पालले अग्नी पीडितलाइ बस्न र सामान राख्न मद्धत मिल्ने बताए ।
मुल्ली तिला ९ ढिपु गाउँको बर्षायामका ६ महिना बस्ने बस्ती हो । अब खेतिपातीको सिजन भएकोले यी पालले बस्न सहज हुनेछ । यो बस्तीमा अब खेतिपातीको काम शुरु होला । गोडमेल गर्न जालान । पशु चौपाय चरीचरण गर्न लैजालान । यो बेला बस्ने आबास नहुँदा समस्या होला, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘पालले बस्न र मुल्लीमै बस्न सकिने अवस्था रहनेछ । ’
प्रमुख जिल्ला अधिकारी आगलागीबाट अन्न सखाप भएकोले उद्योम मन्त्रालय र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा ५० क्वीन्टल चामल दिने तयारीभइरहेको बताउँछन । आवश्यक खाद्यन्नको लागि पहल भइरहेको छ, उनले भने,‘यो खाद्यन्न अग्नी पीडितकोमा समयमै पुग्नेछ ।
यसअघि तिला ७ गोठी गाउँमा पनि प्रमुख जिल्ला अधिकारी थापाको पहलमा पाल आएको थियो । गोठीका अग्नीपीडित अहिले पाल हालेर बसेका छन । गोठीमा पनि २९ घर जलेका थिए ।  जिल्ला विपद व्यवस्थापन समितिको बैठकवाट परिवार तत्काल गुजाराका लागि संख्याका आधारमा ५ जना परिवार संख्या भएकोमा १५ हजार रुपैयाँ र ५ जना भन्दा बढी परिवार संख्या भएका अग्नि पीडितलाई २० हजार रुपैयाँ निर्णय भइसकेको बताए ।
पिडितलाई खाद्यन्न गैससवाट उपलब्ध गराउने र बस्ती पुनस्र्थापना तथा पुनः निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण र कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जनाए ।

Next Post

चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा, एमबीबीएस अध्ययन शुरु हुने

२८ चैत्र २०७७, शनिबार १६:१८
चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनकोे लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिस कुमार देवको टोली जुम्लामा पुगेको हो । टोली डा. कालुसिंह खत्री,डा.पवन हमाल,डा. प्रकाश थापा, डा.प्रतिक ज्ञावली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधि सहितको टोली […]