खेलाडी उत्पादन गर्दै,पहिचान बदल्दै

  ।   ७ बैशाख २०७८, मंगलवार १२:५२

जुम्लाको हिमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्र्राथमिकता दिएको छ । खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिका स्तरमा प्रशिक्षकको राखेको हो । हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेलक्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।
उनले भने,‘खेल क्षेत्र समाज विकासको एक महत्वपुर्ण आधार हो । यो आधार निर्माण गर्न स्थानीय सरकार लागि परेको छ ।’ उनले गाउँपालिकामा गरिएको खेल प्रशिक्षणले राष्ट्यि स्तरमा हुने खेलकुदका सहभागि भएर प्रतिश्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने बताए ।
खेलकुदका लागि स्थानीय स्तरमा खेल मैदान निर्माण गरिएको छ । खेल क्षेत्रका प्रतिभाहरु ग्रामिण क्षेत्रमा प्रशस्त भेटिन्छन, उनले भने,‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहान्छौँ । ’
खेल क्षेत्रमा गरिएको सानो लगानीले ठुलो सफलता हात पार्न सकिने भन्दै खेल क्षेत्रमा गरेको लगानी नडुब्ने बताए । गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया नाग्म गमगडी हुदै रारा जाने सडक हिमा गाँउपालिका हुदैँ जाने भएकोले खेल पर्यटनको संभावना समेत रहेको बताउँछिन । उनले भनिन्,‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नारा साकार बनाउन पनि खेलकुद क्षेत्रमा प्राथमिकतामा राखेका छौँ । ’
गाउँपालिकाको प्राथमिकताका आधारमा खेलकुदका क्रियाकलाप भइरहेका छन । पालिकास्तरमा हुने खेलकुदका क्रियाकलापले खेलाडीको हौसला र उत्प्रेरणा दिने गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।
बैशाख पहिलो साता मात्रै हिमा गाउँपालिकाले गाउँपालिका स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरेको थियो । भलिवल प्रतियोगितामा पुरुषतर्फको खेलमा हिमा १ ले उपाधि जित्यो । महिला तर्फ ओदी गाउँपालिका युवतीले उपाधि जितिन ।

पुरुष तर्फको दोस्रो स्थानमा हिमा गाउँपालिका – ७ धाँचुगाउँको युवा क्लव र महिला तर्फको दोस्रो स्थानमा धाँचुगाउँकै युवाले प्राप्त गरेका भलिबल प्रशिक्षक परेकबहादुर शाहीले जानकारी दिए ।
प्रथम स्थान हासिल गर्ने दुबै टीमलाई नगद २० हजार रुपैयाँ,मेडल,कप र प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो हुने टीमलाई १५ हजार रुपैयाँ,मेडल,कप र प्रमाणपत्र दिइएको थियो । पुरुषतर्फ १३ टीम र महिला तर्फ ४ वटा टीम सहभागि थिए । जुम्लाका ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकोले भलिबल खेलकुद खेलाएको आयोजकले जनाएका छन ।
खेलकुदका क्रियाकलापले खेल क्षेत्रको विकास त हुन्छ नै, खेलाडीको उत्साह र हौसला बढ्छ । प्रमुख प्रशासकीय अधिकृत बुढाले भने,‘खेल क्षेत्रले स्वस्थ रहन मद्धत गर्छ । गाउँपालिकाको पहिचान बनाउँछ । खेलक्षेत्र प्रति युवायुवतीको लगाव बढ्छ । ’

Next Post

विद्यालयमा प्रतिभा पुरस्कार अक्षयकोष

७ बैशाख २०७८, मंगलवार १२:५२
जुम्लाको हिमा गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा विद्यालय प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ । हरेक बर्ष अक्षयकोषमा संकलित रकमबाट प्रतिभा पुरस्कृत गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको हो । प्रतिभा पुरस्कार अक्षयकोष स्थापनाको लागि अभिभावकले साथ दिएका छन । उनीहरुले ६ लाख ३३ हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरेका हुन । […]

सम्बन्धित