आमालाई पोषिलो खाना,बच्चालाई न्यानो कपडा

  ।   ७ बैशाख २०७८, मंगलवार २१:१८

जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिन भित्रका आमाहरुलाई उपाध्यक्षको पोषण कोशेली कार्यक्रम प्रारम्भ गरेको छ ।
आमा र बच्चालाई स्वस्थ राख्न सकेमात्र परिवार, समाज, समुदाय र सिंगो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम प्रारम्भ गरेको हो ।
यो कार्यक्रम अन्र्तगत धान उत्पादन नहुने क्षेत्रमा पाँच केजी मार्सीचामल, धान फल्ने क्षेत्रमा पाँच केजी चना,बच्चालाई न्यानो कपडा, एक पाकेट तोरीको तेल,नङकाट,नुहाउने साबुन र झोला दिने गरिएको छ ।
चालु आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रममा नै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो । गर्भवती भएको बेला चार पटक जाँच गर्नु पर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, परिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने बिषयमा कार्यक्रममा छलफल हुन्छ । कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन भएकोमा अपुग देखिएपछि थप १० लाख रुपैयाँ आवश्यक रहेको उपाध्यक्ष बिष्णु बुढा बताउँछिन ।
असार मसान्तसमम एक हजार १७७ गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण कोशेली उपलब्ध हुनेछ । उपाध्यक्ष बुढाले भनिन्,‘नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पुरा गरेका गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखिएको छ ।’ गर्भवती र सुत्केरी सबै महिलालाई झोला समेत वितरण गरिएको छ ।
तिला गाउँपालिका २ की मधु परियार आगनमै पोशिलो कोशेली पाउँदा निकै खुसि भइन । एक छोरा एक छोरीको आमा उनले स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण कोशेली’ निकै प्रभावकारी भएको बताइन । उनले भनिन्,‘सधैँभरी सरकारले पोषण कोशेली दिन सक्दैन् । तर पोषण कोशेली दिएर आगामी दिनमा पोषिलो खानेकुरा खान प्रेरित गरेको छ । ’
आमाले राम्रोसँग खान नपाएर गोठमा जन्माएको कथा पढ्न त सकिन यद्यपि सुनेकी छु । त्यो सुन्दा मन कुँडिएर आउँछ, परियारले भनिन्,‘ तर अहिले आमा बन्दा मेरी आमाको नियति भोग्नु परेन । यसको कारण नेतृत्व पुगेका आमा र नजिकको सरकार नै होला जस्तो लाग्छ । ’
गाउँपालिकाले लेकाली क्षेत्रमा प्रति गर्भवती तथा सुत्केरीलाई पाँच केजीका दरले कालीमार्सी चामल र बेसी क्षेत्रका गर्भवती सुत्केरीलाई चनालगायतका पौष्टिक आहार वितरण गरेको छ । स्थानीय सरस्वती रोकायाले सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण कोशेली’ कार्यक्रमले समाजमा सकरात्मक प्रभाव पारेको सुनाइन् ।
गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने अन्धविश्वासपुर्ण संस्कृतिलाई अन्त्य गर्न यो कार्यक्रमले ठुलो सहयोग मिलेको बताइन । उनले भनिन्,‘यहाँका महिलामा कार्यवोझ छ । जसका कारण पोषिलो खानेकुरा त के राम्रो सित आराम पाउँदैनन् । तर उपाध्यक्षको कोषेलीले निकै महत्वपुर्ण सन्देश दिएको छ । सचेत बनाएको छ ।
तिला गाउपालिका २ जुम्लाका वडाध्यक्ष कलिबहादुर रावतले आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि उपाध्यक्षको कोशेली कार्यक्रम लाभदायक भएको प्रतिक्रिया दिए । हरेक बार, खाना चार’ माछा, मासु, दही, दुध, अण्डा, तरकारीजस्ता पौष्टिक आहार खान सिकाएको उनले बताए ।
गाउँपालिकाले ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूलमन्त्रलाई अघि बढाएको छ । दुई छोरी पाएर आफ्नो पूर्ण सन्तान ठान्ने दम्पतिहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको गाउँपालिका उपाध्यक्ष बुढा बताउँछिन । गत आर्थिक बर्षमा नियमित गर्भजाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी गराएका आमालाई मात्र पोषण कोशेली दिइएको थियो । पोषण कोशेली लिएर उपाध्यक्ष बुढा गाउँगाउँमा पुगेकी छिन् ।
सो अवसरमा अपरिपक्क उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन र दुई सन्तान भन्दा बढि बच्चा नजन्माउनका लागि सुझाव दिइने गरेको छ ।

Next Post

पार्टी भित्रको झगडाले देश जल्दैछ

७ बैशाख २०७८, मंगलवार २१:१८
नरेन्द्रनाथ योगी, अहिले नेपालको राजनैतिक अवस्था एकआपस मै सत्ता लिप्साको निहित स्वार्थ र शक्ति तथा अधिकार दुरपयोगको चरम गोलचक्रमा घुमि रहेकोछ । लोकतन्त्र वाहालीको सदुपयोग र त्यसको सकारात्मक परिणाम निस्कन नपाउदै वैदेशिक चलखेल र हस्तक्षेप नेपालको राजनिति नेतृत्व तहमा बढरे आएको छ । नेपालका राजनितीमा राजा महाराजा,राजनेतृत्व र वाम प्रगतिशिल,समाजवादी […]