पोखरेलविरुद्ध पुनःअविश्वास प्रस्ताव दर्ता

  ।   २६ बैशाख २०७८, आईतवार १५:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध  फेरी अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गरेका  कांग्रेस सचेतक फकरुद्धीन खानले बताए।

अविश्वास प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको खानले बताए। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको हो। पोखरेल विरुद्ध वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो।

Next Post

जुम्लामा हाल सम्म १ सय ३० जना कोरोना संक्रमित

२६ बैशाख २०७८, आईतवार १५:००
जुम्लामा वैशाख १ गतेदेखि हालसम्म १ सय ३० जना कोरोना संक्रमित देखिएका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गरिएकोमा १ सय ३० जना संक्रमित देखिएका हुन्। स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार ४ सय ७२ एन्टिजेन जाँच गरेकोमा ४० जनामा कोरोना पोजेटिभ देखिएको […]