संसद बैठकमा सांसदहरु जाने क्रम सुरु, कोरोना परीक्षण रिपोर्ट हेरेर मात्रै प्रवेश

  ।   २७ बैशाख २०७८, सोमबार १२:५२

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ ।

पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् ।

संसदको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीले लिन चाहेको विश्वासको मतमाथि मतदान हुने छ ।

संसद बैठकमा सहभागी हुनेहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगराएकाहरुलाई  एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।

यसअघि नै संघीय संसद सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, कर्मचारी, संसदीय मामिला पत्रकारलगायतको पीसीआर परीक्षण गराएको थियो । रिपोर्ट पोजेटिभ आएकाहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरुलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।

Next Post

१५ मिनेटपछि बस्ने गरि संसद बैठक स्थगित

२७ बैशाख २०७८, सोमबार १२:५२
संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ । सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा नेताहरुले […]