बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

  ।   २ जेष्ठ २०७८, आईतवार ०८:०३

जुम्लामा विजुली नहँुदा अक्सिजन उत्पादनमा समस्या भइरहेकोछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भएपनि विजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो । तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ ।
बिजुली नहुँदा जेनेरेटेर चलाएर भएपनि जेनतेन अक्सिजन बेड सम्म पुर्याइरहेका छौँ, प्रतिष्ठानका रजिष्टार काफ्लेले भने,‘बुस्टर कम क्षमताको भएको कारणले सिलिण्डर भर्न सकिएको छैन । बुस्टर खरिदको लागि टेण्डर भइसकेको छ । केही दिनभित्र यहाँ अक्सिजन सिलिण्डर भर्ने व्यवस्था हुनेछ । ’
अक्सिजन प्लान्टबाट सिलिण्डर भर्नको लागि आवश्यक पर्ने बुस्टर खरिद प्रक्रिय अघि बढिसकेको छ । एक दुइ दिन भित्र ३ देखि ४ सय अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी भइरहेको रजिष्टार काफ्ले बताउँछन । कर्णाली प्रदेश सरकार र केन्द्र सरकारले दिएको बजेटले खरिद प्रक्रिया अघि बढिरहेको हो ।
जुम्लामा रहेको अक्सिजन प्लान्टले यहाँको तीनसय बेडलाई धान्छ । तर अहिलेको मुख्य समस्या भनेको बिजुली हो । रजिष्टार काफ्लेले भने,‘बिजुली भएमात्र जुम्लालाई अक्सिजनको समस्या हुदैन । अहिले बिजुली अभावका बाबजुद १ सय ५० बेडमा अक्सिजन पुगिरहेको छ । ’
चौविसै घण्टा जेनेरेटर चलाउँदा प्रतिष्ठानले खर्चको भार थेक्न सक्ने अवस्था रहदैन ।

बिजुली र बुस्टर जडान पछि चौविस घण्टामा ६० सिलिण्डर भर्ने लक्ष रहेको छ । अहिले जेनेरेटर चलाएर अक्सिजन उत्पादन गर्दा १० देखि १२ लाख रुपैयाँ मासिक खर्च आउँछ । बिजुली बिना अक्सिजन प्लान्ट चलाउन गाह्रो छ । उनले भने,‘बैकल्पीक उपायको पनि खोजि भइरहेकोछ । जुम्लामा अक्सिजन अभाव हुन दिदैनौँ । ’
बिद्युत व्यवस्थापनको लागि बिद्युत प्राधिकरण शाखा कार्यालय जुम्ला संग समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ । ‘प्राधिकरण शाखा जूम्लाको हाकिम सावले फोन गर्नु भएको थियो । यहाँ १ सय ५० किलोवाट बिजुली छ ।

सर्वपक्षिय बैठक बसेर कर्णाली प्रतिष्ठानलाई प्राथमिकतामा राखेर बिजुली व्यवस्थापन गरौँ भनेर भन्नु भएकोछ,रजिष्टार काफ्लेले भने,‘ २४ घण्टामा १२ घण्टा बिजुली प्रतिष्ठानलाई दिन सकिएको खण्डमा निकै राहत हुनेछ । १२ घण्टा बिजुली उपलब्ध गर्नको लागि पहल भइरहेको छ । ’
‘अहिले बेडमा राखिएका बिरामीलाई अक्सिजनको समस्या छैन । प्लान्टकै अक्सिजनले काम गरेको छ । सिलिण्डर भर्न बुस्टर चाहिन्छ । खरिदप्रक्रिया अघि बढिसकेको छ । बुस्टर जडान हुने वित्तिकै अक्सिजन सिलिण्डर जुम्लामै भरिन्छ । अनि सजिलो भइहाल्छ,’ रजिष्टार काफ्लले भने ।
अहिलको बुस्टरले २४ घण्टामा ८ अक्सिजन सिलिण्डर भर्छ । राष्ट्यि प्रशारण लाइन कालिकोट सम्म पुगेको छ । जुम्ला पुगेपछि अक्सिजन अभाव हुनेछैन । बिजुली अभावले मात्र समस्या भइरहेको छ ।

Next Post

वैशाखमा कोरोना संक्रमणबाट कर्णालीमा १ सय ३ को मृत्यु

२ जेष्ठ २०७८, आईतवार ०८:०३
सुर्खेत — कर्णाली प्रदेशमा वैशाख महिनामा कोरोना संक्रमणबाट १ सय ३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २०७७ सालमा प्रदेशभर मृतकको संख्या ३१ जना थियो । कर्णालीमा सबैभन्दा पहिले २०७७ जेठ ६ गते दैलेखका एक व्यक्तिको मृत्यु भएको थियो । उनी भारतबाट आएका थिए । जेठमा ती व्यक्तिसहित अन्य २ जनाको […]

सम्बन्धित