कर्णाली प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा. भट्टराई नियुक्त

  ।   ३ जेष्ठ २०७८, सोमबार १८:४१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रवक्तमा डा.रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानको  सूचना प्रवाहमा एकद्धार प्रणाली बनाउने उद्देश्य सहित डा भट्टराईलाई प्रवक्तामा नियुक्त गरिएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावले जानकारी दिए । डा भट्टराई एजेस्थेसियोलोजिष्ट हुन् ।
डा भट्टराईले अब प्रतिष्ठानमा भए गरेका कामको बारेमा आधिकारीक रुपमा जानकारी दिने भएका हुन । प्रवक्ता नहुँदा सुचना दिने बिषयमा एक रुपमा आउने सकेको थिएन । जसका कारण मिस कम्युनिकेसन हुने संभावना धेरै हुन्थ्यो ।
प्रवक्तामा नियुक्त भएपछि कर्णाली प्रतिष्ठानको आधिकारीक जानकारी लिन पनि सहज भएको हो । उपकुलपतिमा डा. रावल नियुक्त भएपछि पहिलो पटक प्रवक्ता नियुक्त गरिएको हो । यसअघि सुचना अधिकारी तोकिएपनि सुचना लिनेदिने बिषयमा एक रुपता आउन सकेको थिएन ।
प्रतिष्ठानमा भएका सुचना,जानकारी,गतिविधि र आधिकारीक धारणा दिन पदाधिकारीलाई सम्पर्क गर्नु पर्ने बाध्यता थियो । अब एकै व्यक्तिबाट प्रतिष्ठानको आधिकारीक जानकारी पाउने गरि प्रवक्ता तोकिएपछि सहज भएको हो ।

Next Post

कति दिन मास्क लगाउन मिल्छ सरकार ?

३ जेष्ठ २०७८, सोमबार १८:४१
उत्तम देवकोटा,  विश्वमा कोभिड १९ को महामारी तीब्र रुपमा फैलदैँछ । कोभिड १९ बाट नेपाल पनि अछुतो रहन सकेन । निकै प्रभावित बन्यो । धेरैले ज्यान गुमाउनु पर्यो । केही अझ गम्भीर अवस्था खेप्न बाध्य छन । केहीले अक्सिजन अभावका कारण अस्पतालमा भर्ना नहुँदै मृत्यु हुनु परेको छ । केही […]