कोभिड सचेतना फैलाउन नेपाली सेनाको पट्रोलिङ

  ।   ४ जेष्ठ २०७८, मंगलवार १४:२२

जुम्लामा नेपाली सेनाले कोभिड सचेतना पट्रोलिङ शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढेको बेला जिल्ला सुरक्षा समितिले गरेको निषेधाज्ञा संगै नेपाली सेनाले कोभिड पट्रोलिङ शुरु गरेको हो । पट्रोलिङमा कोरोना विरुद्धको सचेतना फैलाउने गरिएको नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले जानकारी दिए ।
उनका अनुसार दैनिक दुई पटक कोभिड पट्रोलिङ हुने गरेको छ । पट्रोलिङमा निषेधाज्ञाको पुर्ण पालना गर्न आग्रह गर्नुका साथै घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न,साबुनपानीले हातधुन र सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न सचेत  गरिएको गणपति रायमाझी बताउँछन । उनले भने,‘कोभिड सबै नेपालीको सामुहिक समस्या हो । सामुहिक समस्याको समाधान सामुहिक सतर्कताले मात्र संभव छ । त्यही भएर नेपाली सेना पनि सचेतना फैलाउँदै अघि बढेको हो । ’


सेनाले स्थानीय खस भाषामा प्रचार सामाग्री तयार पारेको छ । गाडी लिएर घरदैलोमै पुगेर सुचित गर्छ । स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरि आफु बच्न र अरुलाई पनि बचाउनको लागि सुझाव दिने गरेको नेपाली सेनाले जनाएको छ ।
जनघनत्व धेरै भएको र भिडभाड धेरै हुने क्षेत्रमा सचेतना फैलाउने गरिएको हो । सदरमुकाम खलंगाको दानसाँघु देखि कर्णाली प्राविधिक शिक्षालय हुदैँ तातोपानी गाउँपालिका सम्म गाडी लिएर माईकिङका माध्यमबाट कोभिड पट्रोलिङ गर्ने गरिएको हो ।
श्री नम्बर २४ बाहिनीअड्डा जुम्लाका बाहिनीपति यमबहादुर सापकोटा निषेधाज्ञाको महत्व र कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा सचेत पार्न पट्रोलिङ गरिएको बताउँछन । उनले भने,‘यहाँ सबै एकैनासको मानिस बस्दैन् । सबै पेशा,समुह,जातीका समुदायलाई कोरोना भाइरस विरुद्धको सचेतना फैलाउन आवश्यक छ । त्यही भुमिका सेनाले निर्वाह गरिरहेको छ । ’


निषेधाज्ञाको पालना नगरिरहेकालाई सम्झाई बुझाइ गर्ने देखि संकटपुर्ण अवस्थाको सामाना गर्न अनिवार्य लकडाउनमा बस्न आग्रह गर्ने गरिएको उनले बताए । उनले कोभिड १९ संकट व्यवस्थापन समितिले गरेको निर्णय कार्यन्वयन गर्दै संक्रमणमुक्त जुम्लाका लागि सचेतना आवश्यक रहेको बताउँदै सेनाको पट्रोल मार्फत त्यो कार्य भइरहेको बताए ।
उनले कोरोना संक्रमितको व्यवस्थापन,संक्रमणबाट मृतकको शव व्यवस्थापन देखि सचेतना क्रियाकलापमा काम भइरहेको बताए । यहाँका मान्छे जानकार छैनन । माइकिंग गरेर स्वास्थ्य चेतना फैलाउँदैछौँ । बाहिनीपति सापकोटाले थपे ‘यो हाम्रो कर्तव्य हो जिम्मेवारी पनि । तर जनता सचेत हुनु पर्यो । लकडाउनको पुर्णपालना गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सुरक्षित बस्नु पर्यो । सेनाले दिनको खोजेको सन्देश यही हो । ’ सेनाले कोरोना लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्यसंस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Next Post

जुम्लामा संक्रमितको संख्या २७९ पुग्यो

४ जेष्ठ २०७८, मंगलवार १४:२२
जुम्लामा कोरोना कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा १६३ जना र जनस्वास्थ्य कार्यालय जुम्लाले एन्टीजेट परीक्षण गर्दा ११६ जना गरी २७९ जनालाई कोरोना पुष्ट भएको हो । संक्रमित मध्ये ७८ जनालाई निको भएको छ । प्रतिष्ठानले ४७९ जनाको पिसिआर […]