कर्णाली प्रदेशले आफ्नै यातायात सेवा सञ्चालन गर्ने

  ।   २६ पुष २०७७, आईतवार १८:५४

कर्णाली प्रदेश सरकारले आफ्नै यातायात सेवा सञ्चालन गर्ने पक्रिया अघि बढाएको छ।

पब्लिक कम्पनी वा सहकारी प्रर्णालीमार्फत् आफ्नै यातायात सञ्चालन गर्ने नीति तथा कार्यक्रम अनुसार प्रक्रिया अघि बढाइएको हो ।हाल तयार गरिरहेको कार्यविधि अब बस्ने क्याविनेट बैठकमा पेश गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

यातायात सेवालाई सुरक्षित, प्रतिस्पर्धी, गुणस्तरीय र सेवामुखी बनाउन आफ्नै यातायात सञ्चालन गरिने मन्त्रालयका प्रवक्त गोपाल शर्माले बताए। ‘सरकाले आफ्नै यातायात सञ्चालन गरेर नमुना काम गर्नेछ,‘उनले भने, ‘यसले जनताले गुणस्तरीय सेवा पाउनेछन्।’

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी तथा अन्य संघसंस्थाको साझेदारीमा आफ्नै पब्लिक यातायात सञ्चालन गर्नेछ।समाजवादी मोडेल दिइएको उक्त कार्यक्रमका विषयमा सरकारको चासो भने त्यति नदेखिएको सरोकारवालाहरुको भनाइ छ।

प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रहरु कागजमा मात्र सिमित हुने भन्दै कार्यान्वयनमा चुनौति रहेको उनीहरुको तर्क छ।

Next Post

भाड मे जाय जनता

२६ पुष २०७७, आईतवार १८:५४
महेश नेपाली उनी सुरै हुन क्यार। संविधानमा संसद विघटनकाे कुरा नभएपनि उनले भएजस्तो गरे। परिणाम संविधान विघटन भयाे। सायद उनले नजिरमाथि टेके। नजिरकाे कानुन सरह अस्तित्व हुन्छ। राष्ट्रपति पनि उनैले बनाएका हुनाले झन् सजिलाे भयाे। उनले मन्त्रीपरिषद्बाट सिफारिस गरि पठाए। राष्ट्रपतिले लालमाेहर लगाइदिन। संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ। […]