पातारासीमा पाँच शैयाको कोभिड अस्पताल

  ।   २६ पुष २०७७, आईतवार २०:३५

जुम्लाको पातारासी गाउँपालिकामा पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा आएको छ । पाँच शैयाको अस्थायी कोभिड अस्पताल स्थापना भएर सञ्चालनमा आइसकेको स्वास्थ्य संयोजक रतनबहादुर बुढ्थापाले जानकारी दिए । कोरोना भाईरसका विरामी भएको खण्डमा छुट्टै उपचार गर्ने उद्देश्यका साथ अस्पताल शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले कोभिड अस्पतालको औपचारीक उद्घाटन गरेका हुन् ।
अध्यक्ष वोहराले अहिले पनि कोरोना कम नभएको भन्दै कठिन अवस्था आएमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन सघाउने प्रतिवद्धता जनाए । उनले भने,‘ कोरोना देखि सावधान हौँ । ’
संघीय सरकारको सहयोगमा १० लाख रुपैयाँ बजेट उपलब्ध गराईएकोमा मेडिकल अफिसर, २ जना स्टाफनर्स र कार्यालय सहयोगी व्यवस्था छ । तर मेडिकल अफिसरको दरखास्त परेको छैन । अरु स्टाफ भर्ना गरि काम सुचारु गरिएको पातारासी गाउँपालिकाले जानकारी दिएको छ ।
कार्यक्रममा उपाध्यक्ष पन्नकली महतारा,प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा सहित कर्मचारी, जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटा र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Next Post

जुम्लाको सडकमा संविधान वाचन

२६ पुष २०७७, आईतवार २०:३५
जुम्लामा प्रचण्ड माधम समुहको नेकपाले सडकमै संविधान वाचन गरेको छ । संसद विघटनको विरोधमा नेकपा जिल्ला कार्य समिति जुम्लाको आयोजनामा सडकमै संविधान वाचन गरिएको हो । नेकपाका नेता तथा अधिवक्ताहरुले संसद विघटन बिषयको धारा वाच गरेका थिए । र त्यो धाराले दिन खोजेको सन्देशका बारेमा स्पष्ट पारेका थिए । अधिवक्ता […]