डिसीसीएमसीको प्राथमिकतामा ‘मास टेस्टिङ’

  ।   ११ जेष्ठ २०७८, मंगलवार २३:२८

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जुम्लामा मास टेस्टिङलाई प्राथमिकता दिने भएको छ । यहाँका सबै स्थानीय तहमा कृषि कर्म लगायत अन्य गतिविधि सञ्चालन गर्नु पर्ने भएकोले मास टेस्टिङका लागि तत्काल आरडिटी र एन्टिजेन खरिद गर्ने निर्णय गरेको हो । तत्काल यहाँका सबैको कोरोना परिक्षण हुन आवश्यक भएकोले मास टेस्टिङ गर्ने कार्यलाई प्राथमिकतामा राखिएको संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
जिल्लामा उपलब्ध हुने अक्सिजन र खाद्यको बैंक स्थापना गरेर संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा वितरण गर्ने समेत बैठकले निर्णय गरेको छ । अब जिल्लामा आउने अक्सिजन र खाद्यन्न सबै संकट व्यवस्थापन केन्द्रको माताहत रहने गरि संकलन हुनेछ । आवश्यक परेको स्थानीयतहमा वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।
बैठकले जिल्ला भित्र तीब्र रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप १० दिन निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । जसअन्र्तगत जेठ ११ गते राति १२ बजेदेखि जेठ २२ गते सम्म निषेधाज्ञा जारी रहनेछ ।
बैठकले आगामी दिनमा तीब्र रुपमा संक्रमण फैलन गई मानवीय क्षति हुन सक्ने देखिएकोे सबै जिल्लाबासीलाई खोप उपलब्धताका लागि केन्द्र सरकार, प्रदेश सरकार र अन्य सहयोगी निकायलाई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
हरेक स्थानीय तहमा सञ्चालित कोभिड अस्पताल र आइसोलेसन सेन्टर व्यवस्थापनका लागि स्थानीयतहको प्रमुखको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ । जसमा संयोजक स्थानीय तहका अध्यक्ष वा प्रमुख रहनेछन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, स्थानीयतहमा खटिएका सुरक्षा प्रमुख,स्थानीयतह स्वास्थ्य शाखा प्रमुख,सम्बन्धित आइसोलेसन रहेको वडाका अध्यक्ष र नागरिक समाजको अध्यक्ष सदस्य रहनेछन । सदस्य सचिवको रुपमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनेछन ।
बैठकले स्थानीय तहको उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि जनचेतना फैलाउन समिति गठन गरि परिचालन गर्ने निर्णय गरेको छ ।
यो समितिमा उपाध्यक्ष वा उप्रप्रमुख संयोजक,सम्वन्धित वडाको अध्यक्ष,स्थानीयतहको स्वास्थ्य शाखाको प्रमुख,स्थानीय सञ्चारकर्मी सदस्य रहनेछन । नगरपालिका वा गाउँपालिकाको वडा सचिव सदस्य सचिव हुनेछन । कोभिड १९ संकट व्यवस्थापन समन्वयात्मक रुपमा अघि बढाउन नीजि क्षेत्रबाट उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजब अलिमनिहार र गैरसरकारी संस्था महासंघका अध्यक्ष अमर रोकायालाई आमन्त्रित सदस्यका रुपमा सहभागि गराउने निर्णय भएको हो ।
बैठकमा यहाँका ८ वटै स्थानीय तहमा सञ्चालित कोभिड १९ अस्पताल र आइसोलेसन सेन्टर व्यवस्थापनका बारेमा समिक्षा गरिएको थियो ।

Next Post

स्वास्थ्यकर्मी हुनुमा हर्ष कि बिस्मात ?

११ जेष्ठ २०७८, मंगलवार २३:२८
उत्तम देवकोटा, जब जब देशमा विपद आउने गर्छ । तब सबैको मुखमा झुण्डिरहने शव्द हो ‘स्वास्थ्यकर्मी’ । स्वास्थ्यकर्मी संकटका भरोसा हुन । बिरामीको प्राण हुन । तर संकटमा सबैको मनमा बस्ने स्वास्थ्यकर्मी सहज अवस्थामा निकै अपहेलित देखिन्छन । स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशिल कार्यमा लाग्ने स्वास्थ्यकर्मी आफै असुरक्षित र अपमानित […]