कृषि कर्म प्रति विश्वास जगाउँदै कोरोना कहर

  ।   १७ जेष्ठ २०७८, सोमबार १२:४३

 

 

 

 

गोल्डेन बुढा,
भनिन्छ, नेपाल कृषि प्रधान देश हो । हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक समृद्धिको प्रमुख आधार कृषि क्षेत्र हो । कृषि क्षेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति संलग्न छ । यस अर्थमा कृषि हाम्रो देशको प्रमुख पेशा र प्रमुख उद्यम पनि हो, अनि देशको प्रमुख आर्थिक स्रोत पनि ।
तर पछिल्लो समयमा कृर्षि कर्म गर्न चाहाँदैनन् । कृषि प्रति किसानको चासो कम जान थालेको देखिन्छ । कृषि दुखारीको पेशा हो । कृषि कर्म गरेर जीविकोपार्जन गर्न सकिदैन् भन्ने भ्रम छ । तर कठिनपुर्ण अवस्थामा कृषि क्षेत्र नै सबैको साहरा बनिरहेको हुन्छ । समाजमा एसएलसी उतिर्ण भएपछि हलो छोड्न्े र त्यो भन्दा माथिको शिक्षा हासिल गर्ने वित्तिकै थलो छोड्ने गरेको पाइन्छ । युवा पुस्ता आफनो माटो प्रति विश्वास नगरेर खाडीमुलुक तिर भौतारिरहेका छन । यहाँ मात्र निर्वाहमुखि खेति भइरहेकोछ ।
किसानले जेनतेन उत्पादन गरेको कृषि बस्तुले बजार नपाउनु,वचौलियाहरु हावी हुनु्, नेपालको तुलनामा विदेशबाट आएको कृषि बस्तुले बजारभाउ पाउनुले कृषि क्षेत्र संकटमा परिरहेको छ । पछिल्लो पुस्तामा कृषि प्रतिको चासो निकै कम छ । उत्पादित कृषि बस्तु गुणस्तरको छैन । कृषिलाई व्यवसायीकरण गर्नका लागि लगानी नहुनु, कृषि प्रति सकरात्मक सोचको विकास नहुनु, उत्पादनमा विविधिकरण, सहयोगी पूर्वाधारको अभाव, अनुसन्धान र विकास प्रयाप्त नहुँदा पनि कृषि प्रणाली कमजोर बन्दै गएको छ । त्यसैले यहाँको समाजमा कृषि दुखारीले गर्ने पेशाका रुपमा हेरिदै आएको छ ।
सन २०१९ को अन्त्य तिर चीनको वुहान प्रान्तबाट शुरुवात भएको कोरोना भाइरसका कारण विश्वभरी नै धेरैको रोजगारी संकटमा परेको छ । नेपालबाट रोजगारीका लागि खाडीमुलुक हानिएका युवाहरु अहिले रोजगारीको संकट भोगिरहेका छन् । मानसिक रुपमा विक्षिप्त छन । आर्थिक रुपमा निकै कमजोर छन । स्वास्थ्यका हिसावले झनै जोखिम । कोरोना महामारीका कारण नेपालमा पनि कयौंको रोजगारी गुमेको छ । तर कृषि क्षेत्रमा विश्वास राख्ने र कृषि कर्म गर्ने किसानलाई रोजगारीको चिन्ता छैन । भोकमारीको चिन्ता छैन । उनीहरु आफ्नो उत्पादनले महामारीको समयमा कुनै प्रकारको समस्या नहुनेमा ढुक्क छन । कोरोना भाइरसको संक्रमण फैलिदै जाँदा कृषिको महत्व पनि बढिरहेको छ । हिजो नाङगो देखिने खाली जग्गामा र प्लटिन्ङ भइरहेको छ । खेतिकिसानी प्रति किसानको लगाव बढेको छ ।
कोरोनाको बीचमा खाडीमुलुक तथा कालापहाडबाट फर्किएकाहरु कृषि पेशामा अहोरात्र खटिएका छन । विदेशबाट आउने आम्दानी भन्दा स्वदेशकै मेहनतले उत्पादित बस्तुले दिगो रुपमा व्यवसायी गर्न सकिने सकरात्मक सोचको विकास भएको छ । विदेशमा गरिने मेहनत र लगानीले नेपालमै सुन फलाउन सकिने र परिवारबाट टाढा पनि हुन नपर्ने सन्देश छरिरहेको छ ।
खेतिपाती अनपढले गर्ने कृषि कार्य हो । शिक्षित व्यक्तिले खेतिकिसानी गर्न हुदैन् । बेइजत हुन्छ । भन्ने हाम्रो समाजमा सिर्जित भ्रम कोरोनाले नामेट पारिदिएको छ । कृषिमा व्यावसायिकता देखापर्न थालेको छ । कोरोनाको कहरका कारण शहरबाट गाउँ पसेका तथा वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई कृषिमा संलग्न हुनका लागि यो निकै ठुलो अवसर बनेको छ । बेरोजगारी समस्या समाधानको एकमात्र बिकल्प कृषि क्षेत्र नै हो भन्नेमा सबै सहमत देखिन्छन ।
अब कृषि पारिवारिक निर्वाहमुखी अव्यवसायिक परिपाटीबाट बदलिदै प्रविधियुक्त सामुहिक र व्यवसायिक कृषि प्रणाली विकास गर्न जरुरी देखिन्छ । अबका दिनमा राज्यले कृषि र कृषकलाई मर्यादित, व्यबस्थित बनाउदैँ तथा सम्मानित पेशाका रुपमा अघि बढाउनु पर्ने टड्कारो आवश्यकता छ । यसका लागि राज्यले तत्काल कृषिक्षेत्रमा विशेष राहतको कार्यक्रम घोषणा गरी यसको आधुनिकिकरण तथा ब्यबसायिकरणमा जोड दिनुपर्छ ।
कोरोना महामारीका कारण बन्दाबन्दी भएको एक बर्ष वित्योे । अर्थतन्त्र चलायमान बनाउन कृषि क्षेत्रको भुमिका निकै ठुलो छ । ओखर,सिमी फापर,चिनो,कागुनो,कोदो लगायतका स्थानीय रैथाने बालिको खेतीको महत्व बढेको छ । परम्परागत बालीको माग बढ्न थालेको छ । रैथाने बालीमा औषधीय गुण भएकोले माग बढेको छ । मुल्य पनि छ । किसानको मेहनत र लगानीको सम्मान पनि भइरहेको छ ।
कोरोनाले बदलिएको गाउँको कथा
कोरोना भाइरसको कारण नेपालमा २०७६ चैत्र ११ गतेबाट लकडाउन सुरु भयो । कोरोनाका कारण शुरुवाती चरणमा कोठामा बस्ने,मिठो खाने परिवारिक सुखदुख साट्ने क्रम बढ्यो । लकडाउन नियमित बढ्दै जान थाल्यो । बाहिरबाट आयतित खाद्यन्न रोकिन थाल्यो । यो बीचमा स्थानीय उत्पादनले गुजारा चल्या । किसान भन्न थाले‘संकटमा स्थानीय उत्पादनले काम गरेकोले अब स्थानीय उत्पादन बढाउन जरुरी छ । आफ्नै माटोमा पसिना बगाएर कमाएको खाद्यन्न खानुपर्छ । बाहिरको निर्भर हुनुहुदैन । ’
घरका संकलित रुपैयाँ, अन्नपात सकिन थाले । साँझ बिहानको छाक टार्न समस्या हुन थाल्यो । भाडामा बसेकाहरुलाई कोठा भाडाको व्यवस्थापन गर्न चुनौति बन्यो । मानिसलाई शहरको भन्दा गाउँको याद आउन थाल्यो । कोरोना कहर अगाडी रोजागरीको शिलशिलामा विदेश गएका युवाहरु फर्किए । गाउँमा वृद्धवृद्धा, र बालबालिका मात्रै रहने अवस्था रहेन । अहिले घरमै उत्पादन गरेको ताजा तरकारीले भान्सा चलेको छ । गाउँघरमै भेटिने जडिबुटीको महत्व बढेको छ । गाउँमा भएका खेत तथा बारीपाटाहरुमा अन्नपात छरिएको छ । खाली जग्गामा खेति हुन थालेको छ ।
त्यसैले यो श्रृष्टिमा रहेका मानव विवेकशील बनौं र प्रकृतिसँग तालमेल गरी प्रकृतिका सबै जीवजन्तु तथा सम्पदाहरूको सहअस्तित्वलाई मनन गर्दै सोही अनुरूपको व्यवहार गराँ । समय समयमा आइरहने प्राकृतिक विपत्तिहरुले केही न केही पाठ सिकाइरहेका छन ।
झन्डै पाँच वर्षअघि नेपालमा आएको शक्तिशाली भूकम्प, अहिले कोरोनाले सामान्य ग्रामिण वस्तिको गरिब नागरिक देखि अर्बपतिहरुको जीवन अन्यौलग्रस्त बनाईरहेको छ । कोरोना भाइरसले निम्त्याएको परिस्थितिबाट बेलैमा सचेत होऔं । आशा गरौँ यो संकटको घडी छिट्टै पार लागोस् । सबैजना आफ्नो यथास्थानमा बसौं, आफनो साथमा जे छ । त्यही उपयोग गरौँ । आफ्नै खेतबारी,डाँडापाखामा रमाउन सिकौँ । आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं । आफ्नौ पाखो बारी खनौँ, थोरै उत्पादन गरौँ तर धेरै आनन्द लिन सिकौँ । अर्काको देशमा बगाउने पसिना आफ्नै माटोमा सिँञ्चित गरौँ । नेपाल कृषिप्रधान देश हो भन्ने मान्यतालाई ज्वलन्त पारौँ ।
अन्नत कृषि क्षेत्रको विकासले मात्र सबै संकट समाधान गर्न सहयोग पुग्नेछ ।

Next Post

रावतवाडामा कोरोना लक्षणका दुई दर्जन बढि बिरामी

१७ जेष्ठ २०७८, सोमबार १२:४३
जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडमा कोरोना लक्षणका दर्जनौ बिरामी भेटिएका छन । कोरोना संग मिल्दाजुल्दा लक्षण भेटिएको बिरामी फेला परेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए । उनका अनुुसार गाउँमा सिकिस्त बिरामी मध्ये २० जनालाई पिसिआर परिक्षणका लागि कोभिड अस्पतालमा पठाइएको छ । गाउँमा एक साता देखि बिरामी पर्ने संख्या बढिरहेको […]