जुम्ला डोल्पा जोड्न ३३ करोड

  ।   २७ पुष २०७७, सोमबार ०८:१०

कर्णाली प्रदेशको जुम्ला डोल्पा जोड्नको लागि कर्णाली प्रदेश सरकारले ३३ करोड विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयबाट ३३ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको हो । यो संगै निकट भविष्यमै जुम्ला हुदै डोल्पा जोड्ने बहुवर्षिय सडकको स्तरउन्नती हुने भएको हो । जुम्लाको पुर्वमा पर्ने दानसाँघु पक्की पुल हुदै डोल्पा जोड्ने सडकको स्तरउन्नती लागि बजेट व्यवस्था भइसकेको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए । बहुवर्षिय ठेक्काका आधारमा सडक सुधारको कार्यलाई अघि बढाईने तयारी भइरहेको उनले बताए ।
जुम्ला डोल्पा सडक निर्माणका लागि विनियोजित ३३ करोड रकमले कुल ४४ किलोमिटरमा १० किलोमिटरको मात्रै स्तरउन्नती गर्न सकिने भौतिक पुर्वाधार कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालय प्रमुख रुपक रावल बजेट हेर्दा धेरै लागेपनि बहुवर्षिय योजनामा योे बजेट थोरै भएको बताउँछन । बजेट बमोजिम कार्यअवधि २ बर्ष हुनुपर्ने थियो । तर पञ्च बर्षिय योजनामा यो रकम निकै कम हो । यो रकमले विकास भन्दा पनि विकास प्रभावित हुनेदेखिन्छ । ’
जुम्ला, दानसाँघु, चोत्रा काईगाउँ हुर्दै डोल्पा जोड्ने बहुवर्षिय सडकको १० किलोमिटर सडक मात्रै पाँच वर्षमा स्तरउन्नती हुने छ । एकै वर्षमा ५÷६ करोड बजेटको खर्च गरेपनि पाँच वर्ष सम्म ३३ करोड बजेट पुग्ने देखिदैन प्रमुख रावलले भने ।
पटक पटक स्टमेट गरी पठाएको बजेट स्वीकृत हुन सकेन् । तर धौधौ गरी यस पटक ३८ करोडको स्टमेट गरेपनि ३३ करोडको स्वीकृत भएको छ । प्रमुख रावल भन्छन,‘यो बजेटले पाँच वर्षमा १० किलोमिटर सडक ग्राभेल,ग्राभेल नटिक्ने ४–५ सय मिटर सडकमा आरसिसि र नाला निर्माण गरिने भएको छ ।’
काम गर्नुपर्ने धेरै, बजेट थोरै हुने भएकै कारण बहुवर्षिय योजना प्रभावित हुने गरेको रावलले उल्लेख गरे । जुम्ला डोल्पा जोड्ने सडकको १० किलोमिटर सडक पाँच वर्षमा ग्राभेल भएपनि बाँकी सडक खण्ड कहिले निर्माण हुने कुनै टुंगो छैन ।
बहुवर्षिय योजनामा बजेटनै नजुट््ने जुटेपनि प्रयाप्त नहुने समस्याकै कारण जुम्ला डोल्पा बहुवर्षिय सडक मात्र नभई जुम्लाका दर्जनौ बहुवर्षिय योजना अलपत्र छन् । उहाहरणका लागि धौलिघाट खानेपानी आयोजना,जुम्ला उर्थु पटमारा हुदै बुलबुले सडक, सनिगाउँ सिंजा जोड्ने सडक, मुगु, जाजरकोट जिल्ला संग जोड्ने बहुवर्षिय योजनाका दर्जनौ सडक बजेट अभावले अलपत्र छन् ।
बहुवर्षिय योजनामा प्रयाप्त बजेट नभएकै कारण कर्णालीको पूर्वाधार विकासले गती लिन नसकेको पूर्वाधार कार्यालयका प्रमुख रुप बहादुर रावलले बताए । बजेट अभावनै कर्णालीको पूर्वाधार विकासमा मुख्य चुनौती भएको उनको भनाई छ ।
जुम्ला डोल्पा सडक स्तरउन्नतीका लागि स्वीकृत भएको ३३ करोड ४० लाख बजेटले लक्ष्य अनुसार काम हुन नसक्ने चिन्ता व्यक्त गरे । अघिल्लो पटक जुम्ला डोल्पा सडक सुधारका लागि ९९ करोडको स्टमेट पठाउँदा मन्त्रालयबाट स्वीकृत हुन् सकेन् । तर यस वर्ष कानुन मन्त्री नरेश भण्डारीको पहल पूर्वाधार कार्यालयको ताकेता ३३ करोड स्वीकृत भएको छ । आउने बैशाख जेठबाट काम शुरु गर्ने पूर्वाधार कार्यालयले जनाएको छ ।

Next Post

जुम्ला बसपार्क सञ्चालन नहुँदै विवाद

२७ पुष २०७७, सोमबार ०८:१०
जुम्लाको नयाँ बसपार्क संचालनमा बिवाद उत्पन्न भएको छ । निर्माण सम्पन्न भई वर्षौदेखि खाली रहेको बसपार्क आगामी माघ १ गतेबाट सञ्चालनमा ल्याउने भनिएपनि बिवाद देखिएको हो । यातायात व्यवसायीबाट कर असुली गर्ने गरी चन्दननाथ नगरपालिकाले माघ १ गतेबाट नयाँबसपार्क संचालन ल्याउने निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले नगरपालिकाले समन्वय […]