अन्तराष्ट्रिय ओलम्पिक दिवसमा जुम्ली खेलाडीको चर्चा

  ।   ९ असार २०७८, बुधबार १४:५३

गोल्डेन बुढा,

हरेक बर्ष जुन २३ का दिन मनाइने अन्र्तराष्ट्यि ओलम्पिक दिवसमा जुम्ला खेलाडीको चर्चा गरिएको छ । भौगोलिक विकट्ताका बावजुद पनि खेलक्षेत्रमा लागिरहेका यहाँका खेलाडीको चर्चा संगै उच्च प्रसंसा गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले जुम्ली खेलाडीले खेल क्षेत्रमा देखाएको साहस भुल्न नसकिने बताइन् ।
उनले भनिन्,‘खेलाडी जीवित रहे मात्र खेलकुद क्षेत्र जीवित रहन सक्छ । सबै मिलेर खेलाडीलाई हौसला, उत्प्रेरणा र उर्जाको खाँचो रहेकोछ । ’ जुम्लाको खेल क्षेत्रमा हेर्ने नजर राम्रो नभएको भन्दै उनले खेल क्षेत्रको विकास बिन अरु विकासको कल्पना गर्न नसकिने बताइन ।
उनले भनिन्,‘हिउँ चितुवा नामले प्रख्याति कमाएका धावक हरीबहादुर रोकाया जुम्लाले पाउनु सौभाग्यको बिषय हो । तर उहाँहरुको सम्मान गर्न नसक्नु लाजमर्दो पक्ष हो ।’ उनले खेलकुद विकास समितिले प्रतिभा पहिचानका माध्यमबाट खेलक्षेत्रलाई अघि बढाउने बताइन् ।
धावक हरीबहादुर रोकायाले दुई पटक जुम्लाबाट ओलम्पिकमा भाग लिन सफल भएको अनुभव सुनाउदै राज्यले दुर्गमका खेलाडीलाई अवसर दिन कन्ज्युस्याइँ गरेका बताए । उनले भने,‘खेल क्षेत्रको माध्यमबाट मात्र यहाँको आर्थिक,सामाजिक,साँस्कृतिक पक्षको जगेर्ना हुन्छ । त्यसलै खेल क्षेत्रको प्रवद्र्धन गरौँ । खेलाडीको सम्मान गरौँ । यही खेलाडी प्रतिको सच्चा सम्मान भाव हुनेछ । ’
कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सरोज शाही खेल क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन । उनले भने,‘कर्णालीको खेलक्षेत्र उपेक्षामा छ । तर कर्णालीको खेल क्षेत्रले सिंगो देश चिनाउने सामाथ्र्य राख्छ । ’ नीति निर्माण तहमा पुगेकाहरुबाट नै खेल क्षेत्रलाई छाँयामा राख्ने काम भइरहेको प्रति आक्रोश पोखे । निस्वार्थ भाव र राजनीतिक पुर्वाग्रह नभएको खण्डमा कर्णालीको खेलकुद क्षेत्रमा अप्रत्यासित विकास हुने बताए ।
खेलमैदान नहुँदा खेलाडीले खेल अभ्यास गर्न समस्या भइरहेको बेला उनले राजासिम मैदानलाई रंगशालाको रुपमा निर्माण गर्न पहल गरिरहेको बताए । खेल मैदान नहुँदा जुम्ला खेलाडीले गरेको खेल क्षेत्रको विकास निकै प्रसंसनीय रहेको उनको भनाई थियो ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सहायक महासचिव एवं जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको बताए । खेलकुद विकास समितिले खेलाडीको मनोबल उच्च राख्ने काम गरेको प्रति खुसि व्यक्त गर्दै महासचिव बुढ्थापाले आगामी दिनमा खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहन हुने खाले कार्यक्रम ल्याउन सुझाव दिए । स्रोत साधनको अभावमा जुम्लामा भइरहेको खेल क्षेत्रको विकास ग्रहणगर्न योग्य रहेको प्रतिक्रिया दिए ।
यहाँका खेलाडीले विभिन्न पदकहरु जितेको उदाहरण छन । उनले भने,‘ खेलक्षेत्रको विकास निरन्तरको लगावले मात्र संभव छ । खेलक्षेत्रलाई सबैको साँझा बनाउनु जरुरी छ । ’ जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष हरि श्रेष्ठ खेलकुदले राज्यको पहिचान दिने बताउँछन । खेलमा निरन्तर लागे खासै घाटा छैन । उनले भने,‘खेलक्षेत्रको लागि प्रयाप्त स्रोत साधन र खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउन सकेको खण्डमा जुम्लाको खेलक्षेत्र अब्बल हुने देखिन्छ ।
खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे खेलक्षेत्रमा होमिएका खेलाडीले तन,मनका साथ लाग्न सुझाव दिन्छन । खेल एउटा अनुशासित बनाउने क्षेत्र हो । जुम्ला जस्तो दुर्गमका खेलाडीले धावक हरि रोकाया जस्तो प्रशिक्षक पाउनु सौभाग्यको कुरा हो । उनले भने,’खेल क्षेत्रको विकासको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार संगको समन्वय प्रभावकारी हुने देखिन्छ । ’
‘ स्वास्थ्यका लागि खेलकुद ओलम्पिक लक्ष, पुर्व तयारीले जितन्छ अवश्य ’भन्ने नाराका साथ अन्तराष्ट्यि ओलम्पिक दिवस मनाइएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा चन्दननाथ नगरपालिका ५ स्थित राजासिममा ओलम्पिक दिवस मनाइएको थियो । सो अवसरमा जिल्ला खेलकुद विकास समितिले सबै खेलाडीहरुलाइ टिसर्ट उपलब्ध गराएको थियो ।
जिल्ला खेलकुद विकास समितिका सदस्य कृष्ण बुढाले खेलक्षेत्र सबैको साझा बनाउनु पर्नेमा जोड दिए । खेलकुद क्षेत्रमा लगाव राख्नेलाई दिवसको अवसरमा सम्मान गरिएको थियो । फुटबल खेलाडी स्वर्गिय अधिराज कार्की हार्दिक श्रद्धान्जली ब्यक्त गरिएको थियो ।

Next Post

‘अ’ बाट सिकेको खुट्किलाको ढुंगाको सिलोट

९ असार २०७८, बुधबार १४:५३
        टोपबहादुर बुढा बिक्रम सम्बत २०३९ साल मार्ग १० गते बुधबारको दिन मेरो जन्म हुँदा प्राकृतिक रुपमा नै नाई छेदन भएर भएको थियो रे । तत्कालिन अबस्थामा स्वास्थ्यका कुनै सुविधा नभएको त्यो समाजमा यसलाई गम्भीर रुपमा लिने कुरै भएन । मेरो बजै आफैमा तत्कालिन समयमा सोडेनी जस्तै […]