जुम्ला सिडिओको १३ महिना : कोरोना रोकथाम देखि सुशासन कायम सम्म

  ।   १७ असार २०७८, बिहीबार ०८:५९

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा जुम्ला आएको १३ महिना बित्यो । यो बीचमा उनले कोरोना रोकथाम तथा नियन्त्रण देखि सुशासन र शान्ति सुरक्षा कायम गर्न निकै सक्रियता देखाए । सफल पनि भए ।
कोरोना महामारीकै बीच जुम्लाको सिडिओ बनेर आएका थापा दुई पटक आफै संक्रमित भए । उनी यहाँका हरेक क्वारेन्टिन,आइसोलेसन र कोभिड अस्पतालमा पुगे । संक्रमितको उर्जा बने । आफु संक्रमित हुँदाको अनुभव सुनाउदै हौसला प्रदान गरे । आफु संक्रमित हुँदा समेत कोरोना रोकथाम तथा नियन्त्रणको काम प्रभावित हुन दिएनन । निरन्तर खटिरहे । कोरोना महामारीको मैदानमा कुशलता प्रदर्शन गरिरहेँ ।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘कोरोना महामारीका बीच गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम भयो । चित्किसक तथा स्वास्थ्यकर्मीलाई भरोसा दिने काम गरियो । कोरोना संक्रमणबाट बच्न नागरिकलाई सचेत पार्ने काम भयो । जसका कारण पहिलो कोरोना कहरमा कुनै पनि अप्रिय घटना भएनन् । ’
जुम्ला पुग्ने वित्तिकै उनले बार्षिक कार्ययोजना बनाए । कार्ययोजना अनुसार काम गर्न थालेपछि प्रशासनिक काम गर्न निकै सहज बन्यो । नागरिकले सहजै रुपमा सिडिओ संग भेटेर पिरमर्का राख्न सक्ने भए । कोरोनाको दोस्रो लहरमा पनि प्रमुख जिल्ला अधिकारी थापा कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी लिएर हरेक स्थानीय तहका आइसोलेसनमा पुगे । उनले आइसोलेसन र कोभिड अस्पतालको व्यवस्थापनका बारेमा चासो राखे । स्थानीय तह संगको समन्वय बढाए ।
दातृनिकायबाट प्राप्त हुने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने परिपार्टीको विकास भएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘जुम्लामा बढ्दो कोरोना संक्रमण दर रोकथाम तथा नियन्त्रणमा गरिएको काम प्रति सन्तुष्ट छु । ’ जुम्ला पुगेपछि सडक मानव व्यवस्थापन गरे । स्थानीयतह र सरकारी तथा गैरसरकारी निकाय संग सहकार्य गरेर सडक मानवलाई व्यवस्थापन गरेको उनले बताए ।
राजमार्ग सुरक्षा योजना,मनसुन जन्य प्रकोप प्रतिकार्य योजना बनाए । जसले प्रकोप तथा विपदमा शिघ्र उद्धार तथा राहत प्रदान गर्न सहयोग पुर्याएको थियो । जिल्लाको सुशासन कायम गर्न जिल्ला प्रशासन सुधार योजना बनेको छ । प्रशासन सुधार योजना ९५ प्रतिशत कार्यन्वयन भइसेकेका प्रमुख जिल्ला अधिकारी बताउँछन ।
उनी भन्छन,‘विपदमा परेका नागरिकलाई २४ घण्टाभित्र राहत प्रदान गर्न सकियो । छिटो रेसपोन्स गरेर प्रशासनको उपस्थिती प्रभावकारी बनाउन सकियो । यसैमा खुसि छु । ’ उनी आएदेखि प्रशासन कार्यालयमा डिजिटल नागरिक वडापत्र राखिएको छ । प्रशासनिक कामकाज सहजै रुपमा नागरिकले थाहा पाउन थालेका छन । प्रशासनको सेवाप्रवाह छिटो,छरितो र चुस्त दुरुस्त बनाउन मोवाइल एप्स निर्माण भएको छ । टोकन प्रर्णालीबाट सेवा प्रारम्भ भएको छ ।
सर्वसाधारण नागरिकका लागि हुलाक काउण्टर प्रशासन कार्यालय भित्रै खोलिएको छ । महंगोमा बजारमा हुलाक टिकट किन्नु परेको छैन । बजारमा महंगो रकमले टिकट खरिद गर्नु पर्ने बाध्यता हटेको छ । पटक पटक संघ,प्रदेश माताहत कार्यालयमा पुगेर सेवाप्रवाहका बारेमा जानकारी लिने काम भएको थियो । सेवालाई प्रभावकारी र जनमैत्री बनाउन प्रशासन सुधार कार्ययोजना कार्यन्वयनका लागि आग्रह गरिएको थियो ।
जुम्लामा शान्ति सुरक्षा, सुशासन कायम देखि सरकारी सेवाप्रवाहलाई प्रभावकारी बनाउन निकै प्रयत्न भएपनि स्थानीयबाट सहयोग नपाएको दुखेसो प्रमुख जिल्ला अधिकारी थापाको छ। उनले भने,‘ गाउँगाउँमा पुगियो । कोरोना विरुद्ध जुट्न सचेतना फैलाइयो । जनहितका कार्यमा जोड दिइयो । तर अफवाह फैलाएर नकरात्मक टिकाटिप्पणी भयो । पहिलो चरणको कोरोना रोकथाममा निकै सक्रियता देखिएका स्थानीयतहले दोस्रो लहरमा चासो दिएनन । उनले भने,‘स्थानीयतहले पछिल्लो समयमा कोरोना नियन्त्रणमा खासै चासो राखेनन । तर गाउँगाउँमा केभिड १९ संकट व्यवस्थापन टोलि पुग्यो ।सचेतना फैलायो । संक्रमितको भरोसा बनिरह्यो । ’
उनले बजेटको सिमितताले डिजिटल टोकन प्रर्णालीबाट सेवाप्रवाह गर्ने कामको शुरुवात गर्न नसकेको प्रति दुख व्यक्त गरे । उनले भने,‘प्रशासनले निकै जनपक्षिय काम गरेको छ । आगामी दिनमा यी कामको मुल्यांकन हुनेछ । नागरिकलाई सेवाप्रवाहमा कुनै समस्या आउन दिइएको छैन । कुनै पनि नागरिकले प्रशासन प्रति प्रश्न उठाउने ठाउँ छैन । ’
जुम्ला कालिकोटको सीमानामा किड सहितको हेल्थ डेस्क राखिएको छ । जिल्लाबाहिरबाट आउने हरेक व्यक्तिले स्वास्थ्य परिक्षण गरेर मात्र जिल्ला भित्रिने गरेका छन । जहाज चलेको अवस्थामा विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गर्ने गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार यो बीचमा चुनौतिसंगै शान्ति सुरक्षाको अवस्थालाई मजबुद राख्न सकियो । कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको मुर्ति खोजी गर्ने देखि मुति चोरीमा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिएको छ । यो निकै ठुलो उपलब्धि हो ।
प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनमा परेका ९० प्रतिशत उजुरी उपर कार्वाही भइसकेको बताए । पहिलो पटक स्थानीय सिडिओ आउँदा निकै आशा र अपेक्षा थिए ।सबै अपेक्षा संबोधन नहुन सक्छन । तर अधिकांस अपेक्षाको संवोधन गर्न सफल भएको उनी बताउँछन । नागरिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सकेँ ।
कोरोना महामारीका कारण जनसम्बन्ध विस्तार गर्न छलफल,संवाद,भेटघाट घनिभुत रुपमा हुन सकेन । तर जनताको कुनैपनि समस्या संवोधनका लागि अहोरात्र खटिरहे । प्रशासन कार्यालयमा सिसिटिभी जडान गरेर सेवाप्रवाह बारेमा निगरानी गर्ने काम सञ्चालनमा ल्याउन सकिएको उनले बताए ।उनले भने,‘परिस्थिती सहज भएन । जनता संग प्रशासन कार्यक्रम लिएर गाउँमा जाने धोको पुरा हुन सकेन । तर काम गर्ने र काम देखाउनेका लागि सिडिओ बन्नु पर्छ भन्ने सन्देश छर्न सकियो । यसैमा गर्वानुभुति छ । ’
सरकारी सवारी साधन व्यवस्थापन कार्यविधि तयार गरेर हरेक सरकारी कार्यालयमा पठाएर कार्यन्वयन गराउन सफल भएको उनले बताए । विपत प्रकोपमा परेका नागरिकका लागि ७ लाख ९३ हजार रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्न सकिएको उनी बताउँछन ।पहिले सिडिओ भेट्न सर्वसाधारण नागरिकका लागि सहज थिएन । नेताको साथ लिएर सुरक्षा घेरामा रहेको सुरक्षाकर्मीको अनुमति लिएर मात्र सिडिओ भेट्न सकिन्थ्यो । जसका कारण सर्वसाधारण नागरिकले आफ्नो पिरमर्कामा सहजै रुपमा सिडिओलाई भन्न सकिने अवस्था थिएन । तर अहिले सिधैँ सिडिओलाई भेटेर आफ्ना समस्या राख्न सक्ने वातावरण सिर्जना भएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्ला आउने वित्तिकै बार्षिक कार्ययोजना बनाएर कार्यन्वयन गरेपछि सिडिओ र नागरिकबीचको सम्बन्ध सुमधुर बनेको हो । प्रशासनिक काममा लागि आएका सर्वसाधारण सहजै रुपमा सिडिओको कार्यकक्षमा पुगेर गुनासो राख्न सक्ने भएका छन ।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘सिधैँ सिडिओ संग पुगेर गुनासा राख्न सक्ने अवस्थाको सिर्जना भएको छ । बजारमा भेटिएको समयमा समेत गुनासोको सुनुवाई हुने गरेको छ । गाउँमा प्रशासनिक उपस्थित सन्तोषजनक रह्यो । ’ प्रमुख जिल्ला अधिकारी थापाले यसअघि सोलुखुम्बु र डोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । ती जिल्लामा उनको कायअवधि निकै सन्तोषजनक थियो । तेस्रो पटक प्रमुख जिल्ला अधिकारी भएर आएका थापाको राम्रो छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा सरुवा  सरुवा भएको छ ।

Next Post

कोरोना मैदानमा मर्सिकोरको साथ

१७ असार २०७८, बिहीबार ०८:५९
जुम्लामा बढ्दो कोरोना संक्रमण दरलाई मध्येनजर गर्दै मर्सिकोरले लाखौँको स्वास्थ्य सामाग्री जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लालाई उपलब्ध गराएको छ । सर्जिकल मास्क,सेनिटाइजर,पिपिई,होम ह्याण्ड केयर किड्स, कन्सटेटर र अक्सिजन सिलिण्डर सहयोग गरेको हो । मर्सिकोर नेपालका प्रकाश केसीका अनुसार सर्जिकल मास्क ५५० पिस,ह्याण्ड सेनिटाइजर ५०० एमएल १ हजार बोतल,पिपिइ […]