कोरोना मैदानमा मर्सिकोरको साथ

  ।   १७ असार २०७८, बिहीबार १४:३२

जुम्लामा बढ्दो कोरोना संक्रमण दरलाई मध्येनजर गर्दै मर्सिकोरले लाखौँको स्वास्थ्य सामाग्री जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लालाई उपलब्ध गराएको छ । सर्जिकल मास्क,सेनिटाइजर,पिपिई,होम ह्याण्ड केयर किड्स, कन्सटेटर र अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।
मर्सिकोर नेपालका प्रकाश केसीका अनुसार सर्जिकल मास्क ५५० पिस,ह्याण्ड सेनिटाइजर ५०० एमएल १ हजार बोतल,पिपिइ गावन ३०० पिस र होम केयर किड्स ८५ पिस सहित ७ लाख २५ हजार ५ सय ८१ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पहिलो चरणमा बाँडेको थियो ।
पछिल्लो पटक कन्सीटेटर २० वटा र अक्सिजन सिलिण्डर ४० वटा गरेर ४१ लाख ८० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री बुझाएको हो । अक्सिनको अभावले कोरोनाको कुनै पनि संक्रमितको मृत्यु नहोस भनेर आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको उनले बताए । कन्सरटेटरले अक्सिजन उत्पादनको कार्य गर्नेछ ।
मर्सिकोरले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई एकमुष्ट स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराई रहेका कोरोना विरामीलाई सहयोग मिलोस भनेर स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौँ, केसीले भने,‘ यो स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग हुनेछ । अक्सिन अभावमा छटपटिएकालाई राहतको अनुभुति दिलाउनेछ । ’
किर्डाक नेपाल जुम्लाको साझेदारी र मर्सिकोर नेपालको सहयोगमा स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई प्रदान गरिएको थियो । व्यवस्थापन केन्द्रले आवश्यकताका आधारमा स्वास्थ्य सामाग्री स्थानीयतहमा रहेको कोभिड अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध गराउनेछ ।
स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई प्राप्त भएका सामाग्री आवश्यकताका आधारमा वितरण गरिने बताए । उनले भने,‘जहाँ जहाँ यो सामाग्रीको आवश्यकता पर्छ । त्यही अनुसार प्रदान गर्दै जाने छौँ । अक्सिनको अभावमा कोरोनाका विरामीको ज्यान बचाउन यो कार्यले निकै ठुलो काम गर्नेछ ।
कोरोना माहामारीको रोकथाम तथा नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने उनी बताउँछन । एकद्धार प्रणाली मार्फत स्वास्थ्य सामाग्री प्राप्त हुँदा वितरण प्रक्रियामा निकै सहज भएको छ । उनले भने,‘स्वास्थ्य सामाग्रीको सही सदुपयोग र प्रयोगका लागि सबै चनाखो हुनुपर्छ । ’
कोरोनाका कारण जुम्लाका ६,कालिकोटका २,सुर्खेतको १ जना गरेर कर्णाली अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । अक्सिजनको अभावमा कोरोनाका विरामीको ज्यान बचाउन दातृनिकायले गरेको साथ प्रति उनले आभार व्यक्त गरे । स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालन र कोरोना बारेको सचेतनाले मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने बताउँदै प्रमुख जिल्ला अधिकारी गाउँबस्तीमा उच्च सावधानी अपनाउनको लागि अपिल गरे ।

Next Post

बृहत सिचाइँ आयोजना कर्णाली सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

१७ असार २०७८, बिहीबार १४:३२
कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली प्रदेश सरकारले बृहत सिचाइँ आयोजना प्राथमिकतामा राखेको बताएका छन । उनले सानातिना सिँचाइ आयोजनाले ठुलो जमिन सिचाइँ गर्न नसक्ने र सिचाइँ गर्न नपाउँदा जमिन बाँझो राख्नु पर्ने अवस्थाको अन्त्य गर्न बृहत सिँचाइ आयोजना निर्माणमा जोड दिएको बताएका हुन । जुम्लामा निर्माण […]

सम्बन्धित