दुर्गमका बर्थिङ सेन्टरमा टर्चको भरमा सुत्केरी

  ।   २६ असार २०७८, शनिबार ०८:५६

गोल्डेन बुढा,
जुम्लाको ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा टर्च बालेर सुत्केरी गराउनु पर्ने बाध्यता छ । स्वास्थ्य संस्थामा न सोलार सिस्टमको प्रयोग छ । नत कुनै बिजुली बत्तिको प्रबन्ध नै । अध्याँरो रातमा टर्चको साहरा लिएर सुत्केरी गराउनु परिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन । उनीहरुले अध्याँरोमा जोखिम मोलेर सुत्केरी गराउनु परेको गुनासो पोखे ।
गाउँगाउँमा सुरक्षित सुत्केरीका लागि बर्थिङ सेन्टर खोलिएका छन । तर आधारभुत सेवा दिनको लागि चाहिने उपकरण र पुर्वाधार छैनन । बर्थिङ अव्यवस्थित हुँदा सुत्केरी हुन स्वास्थ्य संस्थामा महिलाहरु आउन समेत मान्दैनन् । जिल्लाको हिमा १ बड्की र हिमा ६ महावैपातरखोला स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा यो समस्या देखिएको छ । यी दुई स्वास्थ्य संस्था उदाहरण मात्र हुन । जिल्ला अधिकाँस स्वास्थ्य संस्थामा उज्यालोको व्यवस्था हुन सकेको छैन । बिजुली बत्तिको अभावमा टर्चको भरमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको सिनियर अनमी जयलक्ष्मी रावत बताउँछिन । अहिले सम्म मोवाइलको टर्च बालेर सुत्केरी गराउने गरेका छौँ,उनले भनिन,‘यो बिडम्वना कहिले सम्म बेहोर्नु पर्ने हो थाहा छैन । ’
सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशिल काममा भरपर्दो उज्यालो र न्यानो ठाउँको व्यवस्थापन हुनुपर्ने हो । उनले भनिन्,‘उल्टै अन्धकार रातमा टर्च बालेर सुत्केरी गराउनुपर्छ । यो निकै जोखिम काम हो । ’ महिला सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा आइपुग्छन, उनले भनिन्,‘बर्थिङ सेन्टरमा एउटा घरमा हुने व्यवस्थापन भन्दा पनि कम व्यवस्थापन हुँदा ढुक्क हुने वातावरण छैन । ’ तत्काल हरेक स्वास्थ्य संस्थामा प्रयाप्त मात्रमा बिजुली बत्तिको व्यवस्थापन हुनु पर्ने स्वास्थ्यकर्मीको माग छ ।
घरमै सुत्केरी हुन असुरक्षित हुने भएकाले प्रसुति केन्द्रमा सुरक्षित सुत्केरीका लागि ल्याउछौँ । स्थानीय चल्ली तिरुवाले भनिन्,‘ स्वास्थ्यसंस्थामा नै बत्ती नहुँदा टर्च बालेर सुत्केरी गराउनु परेको छ । ’ चल्ली तिरुवाले मोवाइल टर्चको भरमा सुत्केरी भएर घुर फर्केको अनुभव सुनाइन ।
स्वास्थ्यचौकीमा भरपर्दो बत्ती नहुँदा स्वास्थ्यकर्मीको मोबाइलको टर्च र घरबाट ल्याएको ब्याट्री लाग्ने टर्चको भरमा धिपधिपे उज्यालोमा सुत्केरी गराउदा घरमा भन्दा पनि स्वास्थ्य संस्थामा असुरक्षित हुने अवस्था सृजना भएको स्थानीय बताउँछन ।
सुरक्षित सुत्केरीका लागि तत्काल उज्यालोको व्यवस्था गर्न स्थानीयलेमाग गरेका छन । चिसोमा आमा र बच्चा दुवैको ज्यान जोगाएर सफल सुत्केरी गराउन विभिन्न तरिका अपनाउनु पर्ने भएकाले हिटर लगायतका उपकरण प्रयोग गर्न र उज्यालोका लागि भरपर्दो बत्ती नभएकाले मोवाइल टर्च लगायत दियालोको उज्यालोको भरमा पनि जोखिम मोलेर सुत्केरी गराउनु पर्ने बाध्यताले समस्या आएको स्वास्थ्यचौकी ईन्चार्ज टेकबहादुर बुढले बताए।
दुई बर्ष अगाडि जोडेको सोलार एक वर्ष नपुग्दै बिग्रेपछि महावैपातरखोला स्वास्थ्य चौकी अन्तरगतको प्रसुति केन्द्रमा समस्या आएको हो । गुणस्तरहिन सोलार जडान गरेको स्थानीय समाजसेवी विष्णु खत्रीले बताए । एक किलोवाट क्षमताको सोलार एक्कासी बिग्रेपछि सुत्केरी गराउन ठूलो समस्या भएको बताउदै मर्मत तथा सम्भार गर्नुपर्ने स्वास्थ्य चौकीले जनाएको छ । तर स्वास्थ्यचौकीमा बिग्रिएको सोलार सिस्टम बनाउने रकम नहुँदा समस्या भइरहेको छ ।

Next Post

कर्णाली सरकारद्वारा चीनसँगको विवादित भूमिको स्थलतगत निरीक्षण

२६ असार २०७८, शनिबार ०८:५६
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चीनले अतिक्रमण गरेको भनिएको हुम्लाको उत्तरी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लिएर मुख्यमन्त्री शाहीले नाम्खा गाउँपालिका–६ स्थित ललुङजोङ, लाप्चा, हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरेका हुन्। कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले […]