१४६ सांसदको पक्षमा फैसला, ६ दिनभित्र संसद् बैठक बाेलाउन आदेश

  ।   २८ असार २०७८, सोमबार १३:३४

काठमाडौँ  : सर्वाेच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुग्ने भन्दै बदर गरेकी थिइन् ।

त्यसपछि देउवाले १४६ सांसदको हस्ताक्षरसहित सर्वाेच्चमा सशरीर उपस्थित भइ राष्ट्रपतिको निर्णयविरुद्ध परमादेश माग गरेका थिए ।  संसदको बैठक ६ दिनभित्र बोलाउन पनि अदालतले आदेश दिएको छ । अदातले संविधानको धारा ७६(५) बमोजिम कुनै सदस्यले प्रधानमन्त्री दाबी गरे ह्वीप नलाग्ने पनि सर्वोच्चले आदेश दिएको छ ।

Next Post

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२८ असार २०७८, सोमबार १३:३४
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ […]