पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

  ।   १९ श्रावण २०७८, मंगलवार ०९:५४

पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’  ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु।’

उनले सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका गरेका थिए । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए।

Next Post

कर्णालीमा एमालेका ४ सांसद पदमुक्त हुँदा मुख्यमन्त्री शाही सुरक्षित

१९ श्रावण २०७८, मंगलवार ०९:५४
सुर्खेत । नेकपा एमालेले आफ्ना चार सांसदलाई गरेको कारबाही सदर भएसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार सुरक्षित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त नगर्न २७ जेठमा दिएको अन्तरिम आदेश खारेज सोमबार गरेको हो । […]

सम्बन्धित