पत्रकारिता विकासको मित्र भष्ट्रचारीको शत्रु : प्रदेश प्रमुख कलौनी

  ।   २४ श्रावण २०७८, आईतवार ०७:३७

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले पत्रकारिता विकासको मित्र । भष्ट्रचारीको शत्रु भएको बताएका छन । उनले विकास निर्माणमा भइरहेको अनियमितताको पत्रकारिताको धर्म भएको बताए । कर्णाली भ्रमणमा निस्किएका प्रदेश प्रमुख कलौनीले जुम्लाका पत्रकारहरु संगको भेटघाटमा समाचार सम्प्रेषण गर्दा स्वतन्त्रता,सक्षमता र निष्पक्षतालाई ध्यानमा राख्नु पर्ने बताए । सत्य तथ्यको आधारमा समाचार प्रकाशन गर्नु पत्रकारिताको धर्म हो । उनले भने,‘पत्रकारिता पेशा भनेको समाजमा लुकेर रहेका वेथिति विसंगतिलाई चिरफार गर्नु र जनतालाई सुसुचित गराउने हो । ’
‘विकासमा गति दिने र विकासमा हुने भ्रष्टाचारको निगरानी राख्ने काम नै पत्रकारिताको हो । न्यायपालिका, व्यवस्थापिका, कार्यापालिका पछिको पत्रकारिता हो । नितिगत निर्णयमा हाम्रो भुमिका रहनेछ । तर विकास र समृदिमा उजागर ल्याउने सञ्चार क्षेत्रको हात हुन्छ’, प्रदेश प्रमुख कलौनीले भने ।
उनले जुम्लाको प्राकृतिक सुन्दरताको प्रशंसा गरे । कर्णाली प्रदेशका जिल्ला मध्येकै जुम्ला संभावनायुक्त रहेको जिल्ला हो, उनले भने,’‘तर विकासमा गति दिन आवश्यक छ । जल,जमिन र जडिबुटीको धनि प्रदेश कर्णाली हो । समग्र कर्णालीको विकासमा संघ,प्रदेश र स्थानीय सरकार संग समन्वय गर्ने काम आफुले गर्ने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य पुर्णप्रसाद चौलागाइले नेपालको पहिलो प्राविधिक शिक्षालयको भौतिक सरंचनाहरु जीर्ण हुदै गएको प्रति ध्यानकर्षण गराउँदै स्तरउन्नतीमा पहल गर्न आग्रह गरे । कर्णाली प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजित हुने रकम प्रदेशको राजधानी केन्द्रीत गर्ने गरेको भन्दै न्यायोचित ढंगले कर्णालीका अन्य जिल्लामा आवद्व रहेका मिडियाहरुलाइ दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले माथिल्लो कर्णालीमा देखिएको इन्टरनेटको समस्या समाधानको लागि प्रदेश प्रमुखले पहल गर्नु पर्ने बताए । जुम्लाका पत्रकारहरुलाइ विधुतको ठुलो सास्ती परेको जानकारी दिए ।

Next Post

कोरोना महामारीः बाँकेमा ६ घण्टाको फरकमा तीन संक्रमितको मृत्यु

२४ श्रावण २०७८, आईतवार ०७:३७
बाँकेमा ६ घण्टाको फरकमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारका लागि आएका सुर्खेत, दाङ र रोल्पाका संक्रमितको आइतबार बिहान मृत्यु भएको हो। भेरीगंगा नगरपालिका वडा नम्बर १० सुर्खेतकी ३९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु […]