तिलामा सिमी जोन,पातारासी, गुठिचौरमा स्याउ सुपरजोन

  ।   २६ श्रावण २०७८, मंगलवार १५:१२

जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासी गाउँपालिकामा स्याउ सुपरजोन कार्यक्रम लागु गरिने भएको छ । यहाँको अनुकुलतामा उत्पादन हुने बाली र फलफुलको संभावनालाई मध्येनजर गर्र्दै कार्यक्रम लागु गरिने निर्णय भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तरगतको जिल्ला परियोजना कार्यन्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेकोहो ।
स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तरगत सिमी जोनको रुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जानकारी दिए । उनले कार्यक्रम सञ्चालनको लागि सिफारीस समेत गरिसकिएको बताए ।
उपप्रमुख बुढाको अध्यक्षतामा बसेको वैठकले कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार कार्यक्रम छनौट गर्ने निर्णय गरेको थियो । बैठकले स्याउ जोन लागु हुन वाँकी पातारासी गाउँपालिकाको वडा नम्बर १,२ र ३, गुठिचौरको गाउँपालिकाको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागु गर्ने निर्णय समेत गरेको हो ।
स्याउ सुपरजोन परियोजना यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भईरहेको थियो । कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिस गरिसकेको थियो । थोरै जनक्तिले सुपरजानमा काम गर्नु परिरहेको भन्दै स्थानीयतह र सम्बन्धित सरोकारवाला कार्यालय मार्फत काम गर्न आवश्यक रहेको बताइन ।
समितिले सिफारीस गरेका कार्यक्रमहरु केन्द्रले स्वीकृत गर्ने प्राव्धान छ । वैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्लालाई कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हुदै गएको बताए । तिला गाउँपालिका दलहन जोनका लागि सिफारीस भएकोले प्रभावकारी काम हुने अपेक्षा गरिएको बताए ।
अब सिँजाका ३ वटा तहमा पनि स्याउ सुपरजोनको कार्यक्रम अगाडि बढाउन संघीय सरकारले प्रथामिकता दिने उनी बताउँछन । लामो समय देखी जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत चक्लाबन्दी, बगैचा घेरवार, सिँचाई, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ । जुम्ला क्षेत्र (ख) मा कार्यक्रम संचालन हुन सकेको थिएन । किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनु पर्ने माग राख्दै आइराखेका थिए । क्षेत्र (ख) अन्तरगत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् ।

Next Post

जुम्लामा मास्क अभियान : मास्क बाँड्दै सडकमा सिडिओ

२६ श्रावण २०७८, मंगलवार १५:१२
जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिजयाकुमारी प्रसाई मास्क बाड्ँदै सडकमा निस्किएकी छिन् । उनी कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै मास्क लिएर सडकमा निस्किएकी हुन । उनी संगै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटा,नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापा, नागरिक समाजका अध्यक्ष […]

सम्बन्धित