अभावै अभावमा थलिँदै कृषि अनुसन्धान केन्द्र

  ।   ३१ श्रावण २०७८, आईतवार ०९:०३

जुम्लामा रहेको कृषि अनुसन्धान केन्द्र बिजयनगर अभावै अभावमा चलेको छ । यहाँ अनुुसन्धान गर्ने बालीका विज्ञ छैनन । प्रयाप्त मात्रमा जग्गा पनि छैन । कृषि बालीहरुका लागि प्रशस्त जग्गा नहुँदा अनुसन्धानमा समस्या भइरहेको केन्द्र प्रमुख डा.अनिल पोखरेल बताउँछन ।
कृषि अनुसन्धान केन्द्र विजयनगरले १.२ हेक्टर जग्गामा बर्षे तथा हिउँदे कृषि बाली को अनुसन्धान गरिरहेको छ । समग्रमा २.२ हेक्टर केन्द्रमा जग्गा हो । त्यो मध्ये हेक्टर जग्गामा अनुसन्धान केन्द्रको भवन बनेको छ । बाँकी रहेको जमिनमा बाली नाली अनुसन्धान गर्न पुगेको छैन । उनले भने,‘समग्र कृषि बाली अनुसन्धानका लागि २५ हेक्टर भन्दा बढी जमिन चाहिन्छ । त्यो जमिनको अभाव छ । ’कर्मचारीको अभाव र जग्गाको अप्रयाप्तताका कारण अनुसन्धानमा प्रभाव पार्ने गरेको केन्द्र प्रमुख पोखरेल बताउँछन ।
कषि अनुसन्धान केन्द्रले २०२७ साल देखि बर्षे तथा हिउँदे बालीहरुको उत्पादन गरि अनुसन्धान गरिरहेको प्राविधिक अधिकृत हरीनारायण मण्डलले जनाए । भोलीको खाद्यान्न, आजको अनुसन्धान, प्रविधि विकास गर्ने अनुसन्धान केन्द्रको लक्ष्य हो । तर यहाँ अभावै अभावका कारण अनुसन्धानमा चुनौति थपिएको छ ।
बर्षे बालीहरुमा धान,सिमी,फापर ,चिनो,कागुनो,मकै,मार्से,गहत र कोदो उत्पादन हुन्छ । हिउँदे बालीमा गहुँ,जौँ,मसुरो र चाउली जस्ता बाली उत्पादन हुन्छ । केन्द्रमा अनुसन्धानका लागि लगाइएका सबै बाली राम्रा र गुणस्तरीय देखिएपनि केन्द्रको मापदण्ड र सम्बन्धित कृषि विज्ञ तथा दक्ष जनशक्तिको अभावले बाली उत्पादन गर्न सिफारीस गर्न चुनौति रहेको प्राविधिक अधिकृत मण्डलले जनाए । लगाएको बालीको पनि उचित सिचाइँ उपलब्ध हुन सकेको छैन । केन्द्रले चार जातको धान सिफारिस गरि किसानलाई लगाउन दिइएको छ । धानमा चन्दननाथ १÷३ र लेकाली १÷३ जात सिफारीस गरि खेति भइरहेको छ ।
जुम्ली मार्सी धान,१०४८१ र के ३९, सिमीमा केविएल १,२ र चाउली जौँ लगायत जातका बालीहरु सिफारीस हुने प्रक्रियामा छन। गाँउमा पुरानै परम्परा अनुसार खेति गरिन्छ ।आधुनिक कृषि खेतिले किसानलाई फाइदा भएपनि किसानले गर्न सकेका छैनन । आधुनिक कृषि खेतीले किसानलाई फाइदा नै हुन्छ । यसका लागि बारम्बार कृषि विज्ञको सुझाव चाहिन्छ । केन्द्र प्रमुख डाक्टर अनिल पोखरेलका अनुसार स्थानीय स्तरमा बाली अनुसन्धान र बीउबिज बृद्धि कार्यक्रम संचालन भइरहेको छ । स्थानिय किसानले रुचाएका र जुम्लामा खेतिका लागि योग्य ठानिएका बाली सिफारीस भइरहेको केन्द्र प्रमुख पोखरेल बताउँछन ।
उनले भने,‘ जिल्लामा एकिकृत बाली पद्धतिका लागि उपयुक्त खेति योग्य जग्गा छैन । त्यसकारण किसानलाई मर्का भइरहेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले कृषि अनुसन्धान केन्द्रको निरीक्षण गरेर बाली उत्पादन गर्न अपुग भएको खण्डमा जग्गा लिजमा लिएर उत्पादन गर्न सकिने अवस्था रहेको बताए । यसको व्यवस्था कर्णाली प्रदेश सरकारले गर्नेछ,उनले भने,‘ म पहल गर्नेछु । कृषि उपजहरुको आत्मनिर्भरता हासिल गर्न सबैको एकरुपता आवश्यक हुन्छ ।’ कर्णाली कृषिमा आधारित रहेकाले किसानको उत्थानबाट मात्र खाद्य सुरक्षाको प्रत्याभूति र कृषि क्षेत्रको दिगोपन गर्न सकिनेमा उनले जोड दिए ।
कृषि बालीहरुको प्रभावकारी अनुसन्धानका लागि दरबन्दी अनुसारका कर्मचारी र प्रयाप्त जग्गा हुनु पर्ने अनुसन्धान केन्द्रले जनाएको छ । नत्र नाम मात्रको कृषि अनुुसन्धान केन्द्र हुने निश्चित छ ।

Next Post

प्राकृतिक प्रकोपले पुर्‍याएको क्षति अवलोकन गर्न उर्जामन्त्री जुम्लामा

३१ श्रावण २०७८, आईतवार ०९:०३
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठ प्राकृतिक प्रकोपले पुर्‍याएको क्षतिको अवलोकन गर्दै जुम्ला आइपुगेका छन । उनी तत्काल अबिरल बर्षा संगै गएको बाढीपहिरोका कारण क्षति भएको धनजनको प्रत्यक्ष अवलोकन गर्न जुम्ला आइपुगेका हुन । कालिकोटमा प्राकृतिक प्रकोपले पुर्याएको क्षतिका बिषयमा छलफल र प्रत्यक्ष अवलोकन गरेका मन्त्री श्रेष्ठले जुम्लाका […]

सम्बन्धित