नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव तथा सभापतिका आकाँक्षी कर्णबहादुर शाहीको वडामा वडा अधिवेशन हुन सकेको छैन । जुम्लाको कुल ६० वटा वडा मध्ये तातोपानी गाउँपालिकाको वडा नम्बर ८ वडामा मात्रै अधिवेशन हुन नसकेको हो । वडासभापति चयन गर्न सहमति नजुटेपछि अधिवेशन रोकिएको हो ।
जिल्ला पार्टी सचिवको वडामा नेतृत्व चयनमा गोलमाल देखिएपछि काँग्रेस बृत्तमा रोचक तरिकाले हेरिएको छ । सबै वडामा सहमतीय हिसावले नेतृत्व छनौट भइरहेको बेला पार्टी सचिवको वडामै विवाद देखिएपछि काँग्रेस बृत्तमा हलचल देखिएको छ । निर्वाचन अधिकृत ज्ञानु केसी सबै पदाधिकारी टुंगो लागिसकेको अवस्थामा वडासभापतिमा निष्कर्ष निकाल्न नसक्दा अधिवेशन रोकिएको बताउँछिन । उनले भनिन्,‘ अधिवेशन हुन सकेको छैन । प्रक्रियामा गइरहेको छ । अब कसरी लैजाने भन्ने बिषयमा छलफल भइरहेको छ ।‘ अधिकृत केसीले भनिन्,’‘आज निर्णयमा पुगिन्छ । निर्वाचन गराएर भएपनि अधिवेशन हुन्छ । अहिले नेता कार्यकर्ताबीच छलफल चलिरहेको छ । ’
वडा सभापतिमा चार जनाको दाबी थियो । जसमध्ये दुई जना डिल्लीबहादुर शाही, एक जना दलबहादुर शाही र अर्को कालीबहादुर शाही थिए । एक जना डिल्लीबहादुरको वडा सभापति हुन योग्यता पुगेन । तीन जना प्रतिश्पर्धी हुन । अधिवेशनमा सहभागि नेता कार्यकर्ताको चर्को दबाव पछि चिट्टा हालेर नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भयो । चिट्टा हाल्दा कालीबहादुर शाहीलाई पर्यो । तर कालीबहादुर शाही र दलबहादुर शाहीको आन्तरिक कलहका कारण त्यो सदर हुन सकेको छैन । त्यहाँ अहिले निर्वाचन हुने स्थिती देखिएको छ ।
प्रतश्पर्धी दलबहादुर शाहीले प्रक्रियागत ढंगले वडाअधिवेशन हुन नसकेको बताए । उनले भने,‘अहिलेको अवस्थामा चिट्टा हालेर नेतृत्व चयन कसरी हुन सक्छ ? यो कही नभएको जात्रा हाँडी गाउँ भने जस्तै हो । यो मान्य हुदैन । अव निर्वाचनको विकल्प छैन । निर्वाचनमा आउने परिणाम नै सबैका लागि मान्य हुन्छ । ’
म चिट्टा हालेर नेतृत्व छनौट भइसकेकोमा सहमति भइसकेको थिए । उनले भने,‘चिट्टा परेका कालीबहादुरले पारिवारिक कुरा ल्याएर विवाद गर्न खोजेपछि अधिवेशन अनिश्चित भएको हो । तर म काँग्रेसी कार्यकर्ता हो । म संग कुनै प्यानल पनि छैन । अब निर्वाचनमा जान्छु । परिणाम स्वीकार्छु । ’
कालीबहादुर शाही पक्षले चिट्टाले छनौट गरिएको वडासभापति चयन प्रक्रियालाई सबैले मान्नु पर्ने बताउँदै आएको छ ।
नेपाली काँग्रेसका पार्टी सचिव तथा तातोपानी ८ निवासी कर्णबहादुर शाही नेतृत्व छनौट भइसकेको बताउँछन । नेतृत्व छनौट भइसकेको छ । एकथरी मान्छेले प्रमाणपत्र र रजिष्टर लुकाइदिएछन । त्यसका कारण विवाद सिर्जना भएको हो । निर्वाचन मण्डलको टोली पुगेर प्रमाणपत्र दिएपछि अधिवेशनले औपचारिता पाउने बताए ।
प्रतिनिधि पहिले टुंगिसकेको थियो । वडा सभापतिको लागि आन्तरिक टुंगो लागेन । कार्यकर्ताले चिट्टा हाले । कालीबहादुर शाीहीलाई चिट्टा पर्यो । दलबहादुरले समर्थन गरेर ताली बजाए । उनीहरु निकट आफन्त पनि हुन । आन्तरिक विवादले समस्या भइरहेको छ । सचिव शाहीका अनुसार त्यहाँका सबै काँग्रेस देउबा प्यानलका हुन ।
काँग्रेस जिल्ला सभापति दीपबहादुर शाही तातोपानी ८ को अधिवेशन टुंगो नलागेको बताउँछन । आन्तरिक विवाद छ भन्ने सुन्नमा आएको छ । खासमा के भएको हो हामीलाई आधिकारीक रुपमा जानकारीमा आएको छैन । निर्वाचन अधिकृत पनि सम्पर्कमा छैनन । सभापति शाहीले भने,‘ हाम्रो सुन्नमा आएको खबर अनुसार छलफल गरेर निर्णय गर्दा एक पक्षले असहमति राख्यो । अर्को पक्षले प्रमाणपत्र लिए । दुई पक्ष बीच सहमति हुन सकेन । ’दलबहादुर शाही प्रजातान्त्रिक तरिकाले निष्पक्ष रुपमा निर्वाचन गरेर सभापति छनौट गर्नुपर्ने बताउँछन ।
तत्काल अधिवेशन टुंगो लगाउन नेपाली काँग्रेस जुम्लाले निर्देशन गरेको छ । नेतृत्व छनौटमा देखिएका असमझदारीका बिषय दह्रो छलफल गरेर अधिवेशनलाई अघि बढाउन निर्देशन गरिएको हो । नेपाली काँग्रेसले १९ गते वडाअधिवेशन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको थियो ।