सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकको मस्यौदा तयार

  ।   १० आश्विन २०७८, आईतवार ००:२६

सिँजा सभ्यता संरक्षण तथा विकास विधेयकको मस्यौदा तयार भएको छ । नेपालको मूल सभ्यताको उद्गमस्थल सिंजा र त्यससँग सम्बन्धित यहाँको प्राकृतिक, साँस्कृतिक, पुरातात्विक सम्पदा तथा भाषा र कलाको प्रवद्र्धन गरी आर्थिक समृद्धि हाँसिल गर्न विधेयकको मस्यौदा तयार गरिएको हो । यो विधेयकलाई पुणर् बनाउनको लागि विज्ञ संग छलफल गरेर सुझाव संकलन गरिएको छ । यो विधेयक संसद चल्ने वित्तिकै प्रदेश सभा सचिवालयमा दर्ता हुने जुम्ला क्षेत्र (क)का सांसद नरेश भण्डारीले जानकारी दिए ।
उनले भने,‘ यो गैरसरकारी विधेयक हो । संसद चल्ने वित्तिकै प्रदेशसभा सचिवालयमा दर्ता गर्छौं ।’
मस्यौदाको अवधारणा एवं परिकल्पना कणर्ाली प्रदेशसभा सदस्य तथा पूर्व कानूनमन्त्री नरेश भण्डारीले गरेका हुन । सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कणर्ालीले भोगिरहनु परेको छ,उनले भने,‘ सिंजाको साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण तथा विकास गर्न ऐन ल्याउने उद्देश्य राखेर मस्यौदामाथि छलफल र सुझाव संकलन गरिएको हो । ’
कणर्ाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष पदमबहादुर रोकायले पहिलो राजा नागराजदेखि अन्तिम राजा शोभान शाहीसम्मले राज्य गरेको गौरवशाली बिरासत बोकेको खस साम्राज्य र त्यसअन्तरगतका सभ्यता, संस्कृति, कला, भाषा, पुरातात्विक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा यो ऐनले सहयोग पुर्याउने बताए । यसका लागि प्रदेशसभा सचिवालयमा दर्ता गरेर सदन चल्ने बित्तिकै पेश गरिने उनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले ऐनअन्तरगत बन्ने परिषद् र परिषद् मातहत बन्ने प्राधिकरणले सिंजा सभ्यताको विकास तथा संरक्षणमा टेवा पुग्ने बताए । कणर्ालीको संस्कृतिसम्बन्धी जानकार तथा सामाजिक अभियान्ता माधवप्रसाद चौलागाईले सिंजा सभ्यताको दायरालाई फराकिलो बनाउँदै यसको विकासमा जोड दिनुपर्ने बताए ।
सुशासन विज्ञ प्रकाश बुड्थापाले विभिन्न क्षेत्रबाट आएका सुझावहरुलाई मस्यौदामा समेट्ने र यो ऐनअन्तरगत गठन गरिने प्राधिकरणलाई अधिकार सम्पन्न बनाउने गरी काम गरिने जानकारी दिए । मस्यौदाको प्रस्तुति आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत एकराज चौलागाईले गरेका थिए ।
मस्यौदामाथिको छलफल तथा सुझाव संकलन कार्यक्रममा विभिन्न क्षेत्रमा जानकारी राख्ने राजनीतिककर्मी, युवा तथा बुद्धिजीविहरुमा धनप्रसाद चौंलागाई, तुलराज चौलागाई, शेरबहादुर रोकाय, सुरजकुमार सिंह, नेत्रबहादुर शाही, प्रयाकराज आचार्य, कृष्णबहादुर रोकाय, कविदत्त न्यौपाने, देवीचन्द्र उपाध्याय, शरणकुमार बडुवाल, लक्ष्मीप्रसाद उपाध्याय, ललिता बोगटी, समृता जिसी र प्रकाश उपाध्यायको सहभागिता रहेको थियो ।

Next Post

बालविवाह रोक्न जुट्दै किशोरी

१० आश्विन २०७८, आईतवार ००:२६
जुम्ला,असोज १०। जुम्ला सिँजाका किशोरीहरु बालविवाह लगायतका कुरीति जन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन । उनीहरु बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन । बालविवाह रोकथाममा लाग्न आग्रह गर्छन । सिँजा गाउँपालिका ३ की हजारी सार्की बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको बताउँछिन । उनले भनिन,‘सानै उमेरमा विवाह […]