राहत तथा उद्धारमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

  ।   २ कार्तिक २०७८, मंगलवार १८:११

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न माताहतका कार्यालयलाई निर्देशन दिएका छन । कर्णालीका १० वटै जलस्रोत तथा उर्जा विकास कार्यालयका प्रमुखहरु संग फोनबाट कुराकानी गर्दै तत्काल उद्धार तथा राहतजन्य कार्यमा लाग्न निर्देशन गरेका हुन । उनले हरेक जिल्लामा बाढी तथा पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी लिए ।
उनले भने,‘बाढी पहिरो र निरन्तरको बर्षाले पुर्याएको क्षति न्युनिकरण गर्ने कार्यमा जुट्न निर्देशन दिएको छु । कार्यालयमा भएको साधनस्रोतको उपयोग गर्दै अवस्था अनुसारको व्यवस्थापन अघि बढाउन भनेको छु । ’उनले खानेपानीका मा क्षेति पुगेको ठाउँमा तत्काल पाइपको व्यवस्थापन गर्न र बाढी रोक्न तत्काल तटबन्धको व्यवस्था मिलाउनको लागि निर्देशन गरेका हुन । उनले भने,‘तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पुग्न सकिने अवस्था छैन । मैले माताहतका कार्यालय प्रमुखहरुलाई भोली देखि नै परिचालन हुन भनेको छु । उनीहरु फिल्डमा गएर जलस्रोत तथा उर्जा विकासका क्षेत्रमा भएको क्षति रोक्न तत्काल पहल थाल्नेछन । ’
उनले बाढी प्रभावितहरुको राहत तथा बढी प्रभावित क्षेत्रको विकासका लागि तीनै तहको सरकार संग समन्वय गरेर प्रभावितहरुको व्यवस्थापनमा जुट्ने बताए । उनले भने,‘जुम्लाका प्रमुख जिल्ला अधिकारी संग फोन सम्पर्क गरेर क्षतिको विवरण बुझेको छु । सबै मिलेर राहत तथा उद्धारमा लाग्न आग्रह गरेको छु । ’
बाढी प्रभावित क्षेत्रको राहतका लागि एक साता भित्र स्थलगत अनुगमन गर्न आफु नै गाउँबस्तीमा पुग्ने उनले बताए । तत्काल गर्नु पर्ने र माताहतका कार्यालयले गर्नसक्ने काम अघि बढिसकेका छन । दिर्घकालिन समाधानका लागि मन्त्रालयबाटै टोली आउनेछ । कर्णाली प्रदेशको मन्त्रीपरिषद,र संघीय सरकार संग समन्वय गर्ने कुरामा आफु लाग्ने बताए ।
बाढीपहिरो प्रभावितका लागि सधैँभरी लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेको स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए । जुम्लामा बाढी पहिरो र बर्षाले धान बालीमा क्षति पुग्नुका साथै जमिन कटान गर्ने देखि पहिरोले बस्ती नै जोखिममा परेको देखिएको छ । अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुवानबाट जुम्ला लगायत मुलुकका विभिन्न भुभागमा भएको धनजन र बाली नालीको क्षतिले दुखित तुल्याएको मन्त्री श्रष्ेठले बताए । उनले उच्च सतर्कता अपनाउन विपद जोखिम क्षेत्रमा बसोवास गर्ने नागरिकहरूलाई आग्रह गरेका छन ।

Next Post

तिला नदीको बहाव बढ्यो, खोला किनारका बस्ती जोखिममा

२ कार्तिक २०७८, मंगलवार १८:११
अविरल वर्षासँगै जुम्लास्थित तिला नदीको बहाव बढेपछि नदीकिनारामा रहेका वस्ती जोखिममा छन्। अहिले बस्ती हँुदै नदी बगिरहेको छ। खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। यो वर्षाले किसानलाई रुनु र हास्नु बनाएको छ। जुम्लाको तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउन थालिएका धानका खेतमा बाढी बसेको छ। काटेको धान बगाएका छन्। […]