जुम्लामा जिल्लास्तरीय भलिवल प्रतियोगिताको तयारी

  ।   ११ कार्तिक २०७८, बिहीबार १८:५४

जुम्ला,कात्तिक ११।
जिल्ला खेलकुद विकास समिति जुम्लाले जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ । लामो समय सम्म कोभिड १९ का कारण थलिएको खेलकुद क्षेत्रलाई उकास्नको लागि जिल्ला स्तरीय भलिवल खेलको तयारी भइरहेको सदस्य सचिव संगिता आचार्यले बताइन ।
आगामी कात्तिक २५ गतेदेखि शुरु हुने गरि भलिवल प्रतियोगिताको तयारी थालिएको हो । प्रतियोगितामा महिला र पुरुष टीमले सहभागिता जनाउनेछन । सदस्य सचिव आचार्यले जिल्लाको एक नगरपालिका सहित ८ वटै स्थानीय तहबाट एक महिला र एक पुरुष भलिवल टीमले भाग लिने बताइन् । जसका लागि स्थानीयतहका प्रमुख संग छलफल भइसकेको छ ।
जिल्लामा पत्रकार सम्मेलनको आयोजना गरेर भलिवल प्रतियोगिता गर्ने बारेमा जानकारी दिइएको थियो । जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले भलिवल खेललाई मर्यादित र अनशासित बनाउनको लागि सबै सरोकारवाला निकाया संग छलफल भइसकेकोमा जोड दिए ।
भलिवल प्रतियोगिता तीन दिन सम्म चल्नेछ । महिला र पुरुष गरेर १९ टीमले प्रतिश्पर्धा गर्नेछन । जिल्ला स्तरीय भलिवल प्रतियोगिताबाट कर्णाली प्रदेश मुख्यमन्त्री कपका लागि उत्कृष्ठ खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि झण्डै ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर हामी संग बजेट छैन् । प्रदेशले डेढ लाख सम्म पठाउने आश्वासन दिएको छ । त्यो रकम आइपुगेको छैन,सदस्य सचिव आचार्यले भनिन, ‘आठै स्थानीयतह संग समन्वय गरि प्रतियोगिता संचालन गरिने छ । खेललाई चुस्तदुरुस्त बनाउने तयारी भइरहेको छ । ’
प्रतियोगितामा प्रथम हुने महिला पुरुष टिमलाई पुरस्कार नगद ५० हजार र द्धित्तिय हुनेलाई ३५ हजार रुपैयाँ कप,मेडल र प्रमाण पत्र दिईने भएको छ । खेल खेल्ने क्रममा निकै अनुशासित,मर्यादित र प्रतिभावान खेलाडीलाई प्राथमिकताका साथ छनौट गरिने भएको छ । छनौट भएका खेलाडीलाई एक महिना सम्म आन्तरिक प्रशिक्षण गराएर प्रदेशस्तरीय मुख्यमन्त्री कपमा सहभागी गराइने भएको छ । जिल्ला स्तरीय भलिवल प्रतियोगिता यो पटक गुठिचौर गाउँपालिका ५ स्थित त्रिभुवन मावि झारज्वालमा हुने भएको छ ।
प्रतियोगिताको सह–आयोजक गुठिचौर गाउँपालिका हुने भएको छ । खेलकुद क्षेत्रमा संघियता कार्यान्वयनको पहिलो पटक जिल्ला स्तरीय भलिवल प्रतियोगिता ग्रामिण क्षेत्र गुठिचौरमा हुन लागेको हो । गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले प्राय खेलकुद आयोजना गर्दा झगडा हुने भएकोले प्रतियोगितालाई मर्यादित रुपमा सम्पन्न गर्न शान्ति सुरक्षालाई बलियो बनाउने बताए ।
साथै प्रतियोगिता संचालनका लागि आवश्यक आर्थिक सहायता जुटाउनका लागि स्थानीयतहका प्रमुखहरु संग पनि छलफल भएको छ । पालिकाका प्रमुखहरुले स्थानीयतहमा छलफल गरी खेलकुद आयोजनाका लागि के कति सहयोग गर्न सकिन्छ जानकारी गर्ने बताएका थिए । जिल्ला स्तरीय भलिवल सञ्चालन हुने खबर संगै भलिवल खेलाडी उत्साहित भएको छन । हरेक स्थानीयतहबाट भाग लिने टीमले खेलकुद अभ्यास शुरु गरिसकेका छन । जुम्ला भलिवलको राम्रो संभावना भएको क्षेत्र हो ।

Next Post

जुम्लाको गुठिचौर गाउँपालिकामा एकल पुरुषलाई ‘विदुर’ भत्ता

११ कार्तिक २०७८, बिहीबार १८:५४
जुम्ला,कात्तिक ११। जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिका भित्रका ४१ बर्ष देखि ५९ बर्ष सम्मका एकल पुरुषलाई विदुरभत्ता दिने भएको हो । चालु आर्थिक बष२०७८÷०७९ देखि विदुर भत्ता दिने निर्णय भइसकेको अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए । एकल पुरुषलाई मासिक २ हजार रुपैयाँ विदुर […]