जुम्लाको बाढी प्रभावित क्षेत्रमा कर्णालीका जलस्रोत मन्त्री श्रेष्ठ

  ।   १२ कार्तिक २०७८, शुक्रबार १२:१९

जुम्ला,कात्तिक १२।
कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन । बाढी प्रभावित नागरिकका समस्या सुन्न र प्रत्यक्ष रुपमा बाढीले पुर्याएको क्षति अवलोकन गर्न  निस्किएका हुन ।
जिल्लाको तातोपानी गाउँपालिका ४ र तिला ४ स्थित बाढीले खेतियोग्य जमिन,विद्युत,सिचाइँ र विद्यालयमा पुयाएको क्षतिको बारेमा प्रत्यक्ष रुपमा बुझेका हुन ।अवलोकनमा निस्किएका मन्त्री श्रेष्ठलाई बाढी प्रभावित नागरिकले छिट्टै राहतका प्याकेज ल्याउन आग्रह गरेका थिए । उनीहरुले बाढीले बगाएको सिचाइँकुलो तत्काल मर्मत गर्नुपर्ने,विद्युतगृहबाट विद्युत आपुर्ति गर्नको लागि आवश्यक सामाग्रीका लागि सहयोग गर्नुपर्ने र बाढीले बगर बनेको विद्यालय तत्काल मर्मत गरेर नियमित पठनपाठन गर्ने वातावरण मिलाइदिनु पर्ने माग गरेका थिए ।
बाढीले क्षति पुर्याएको क्षेत्रमा मन्त्री आफै पुगेर अवलोकन गरेकोमा स्थानीय उत्साहित छन । तातोपानी ४ हाँकुका पुर्णप्रसाद न्यौपानेले मन्त्री आफै प्रभावित क्षेत्रमा पुगेकोले जनजीवन सहज बनाउन पहल हुने विश्वास व्यक्त गरे ।

बाढीले नियापानी देखि त्रिबेणी सम्मको खेतियोग्य जमिनमा क्षति पुगेको छ । सिचाइकुला भत्किएका छन । जसले सिचाइँ र विद्युत सेवा ठप्प भएको छ, उनले भने,‘तत्काल विद्युत सेवा सञ्चालन गरेर उज्यालो प्रदान गर्न र सिचाइँ कुलो मर्मत गरेर सिचाइँ व्यवस्थापन सहज बनाउन ध्यान केन्द्रीत गराउँदछौँ । ’ उनका अनुसार लगातार ९ बर्ष देखि सञ्चालनमा आएको १२ किलोवाट विद्युत बाढीले नहरमा क्षति पुगेपछि ठप्प भएको छ । उनले भने,‘मन्त्री ज्यु, मंसिर महिना शुरु भएपछि बरफ जम्न शुरु हुन्छ । सिमेन्टको काम अघि बढाउन गाह्रो पर्छ । तत्काल मर्मत संभारको काम अघि बढाउने गरि बजेट व्यवस्था गरिदिनु पर्यो । ’ यहाँका नागरिक स्थानीय खेतिमै निर्भर छौँ । त्यही भएर तत्काल सिचाइँ व्यवस्थापन गर्नु अहिलेको अपरिहार्यता हो,उनले भने,‘सिचाइँ कुलो र विद्युतको नहर एउटैले चलेकोले निकै ठुलो समस्या निम्तिएको छ । गाउँ दुइ हप्ता देखि अन्धकार छन । ’


मन्त्री श्रेष्ठले बाढीले जनजीवन अस्तव्यस्त बनाएको प्रति गहिरो दुख पोखे । उनले भने,‘म बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्न तपाइहरुको घरदैलोमा पुगेको छु । यहाँ देखिएका समस्या तत्काल संवोधन गर्नको लागि मन्त्री परिषद र कर्णाली प्रदेश विपद परिषदमा छलफल चलाउनेछु । छिटोभन्दा छिटो यहाँका बाढी प्रभावित नागरिकले राहतको अनुभुति हुने गरी पहल गर्नेछु । ’
मन्त्री श्रेष्ठले तत्काल बाढीले विद्युत सेवा ठप्प भएको क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन जडान गर्न नेपाल विद्युत प्राधिकरण जुम्ला इकाइलाई निर्देशन गरिसकेको बताए । उनले भने,‘केही दिनमै गाउँमा विद्युत सेवा सहज हुनेछ । खानेपानी समस्या भएको क्षेत्रमा पाइप पठाउने र प्राविधिक खटाएर मर्मत तथा निर्माणका काम अघि बढिसकेका छन । ’

उनले विद्युत गृहनै बाढीले बगाएको क्षेत्रमा तत्काल डिजेल प्लान्ट राखेर भएपनि विद्युत सेवा दिन निर्देशन गरिएको बताए । बाढीले बगाएका संरचना निर्माण हुने भन्दै उनले किसानलाई निराश नहुन आग्रह गरे । बाढीले प्रभावित क्षेत्रका नागरिकले भोग्नु परेका समस्या संवोधनका लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेकोमा जोड दिए ।
उनले भने,‘बाढी ग्रस्त क्षेत्रमा म आफै पुगेको छु । जिल्ला प्रशासन कार्यालय जुम्लाले क्षतिको एकिन विवरण संकलन गरिसकेको छ । क्षतिको अवस्था हेरर राहतको प्रक्रिया अघि बढाउनमा पहल हुन्छ । ’ उनले बाढीले प्रभावित क्षेत्रका नागरिकका लागि तत्काल गर्नुपर्ने काम र दिर्घकालिन रुपमा गर्नु पर्ने काम विश्लेषण गरिने बताए ।


मन्त्रीले गर्ने अवलोकनमा जलस्रोत तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठ,जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा,नेपाली काँग्रेसका जुम्ला सभापति दीपबहादुर शाही,नेताहरु क्रमशः देवेन्द्रबहादुर शाही, राजुसिंह कठायत,धनबहादुर बस्नेत सहभागि थिए ।
जुम्लामा बाढीले आधा दर्जन बढि विद्युत गृहमा क्षेति पुगेको छ । १३ हेक्टर खेतियोग्य जमिन कटान गरेको छ । खानेपानी,विद्यालय, सिचाइकुला, पुलपुलेसा लगायतका संरचनामा क्षेति पुयाएको छ । मन्त्री श्रेष्ठले बाढीले क्षेति गरेको एक दिनमै तत्काल गर्नुपर्ने काम अघि बढाउन कर्णाली प्रदेशका दसवटै जिल्लामा माताहतका कार्यालयलाई निर्देशन दिइसकेको स्वकीय सचिव महेन्द्र कार्कीले जानकारी दिए ।
स्थानीयले बाढीले क्षति गरेका संरचना बनाउन र प्रभावित किसानलाई राहतका कार्यक्रम ल्याएर मलहम पट्टी लगाइदिनको लागि माग गरेका थिए । मन्त्री श्रेष्ठले बाढीले क्षेति पुर्याएकै समयमा हेलिकप्टर ल्याएर अवलोकन गर्नको लागि आउने अवस्था भएपनि हेलिप्कटरमा लाग्ने खर्च बाढी प्रभावित क्षेत्रमा लगानी होस भन्ने हेतुले गाडीमै आएको बताए । उनले भने,‘यो दुखद क्षणमा हेलिकप्टर रिजर्भ गरेर आउने कुरा राम्रो देखिन । जसरी भएपनि तपाइरहेको घरदैलोमा पुगेको छु । तपाइहरुले भोगेको समस्या संवोधनका लागि हरेक प्रयत्न अपनाउनेछु । यहाँ क्षतिग्रस्त संरचना,मर्मत,संभार र निर्माणका लागि बजेटको व्यवस्थापन गर्न हरेक निकाय संग समन्वय गर्नेछु । ’

Next Post

बाढीले सबैभन्दा बढि कृषि क्षेत्र प्रभावित

१२ कार्तिक २०७८, शुक्रबार १२:१९
जुम्ला,कात्तिक १३। गत कात्तिक १ देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण यहाँको कृषि क्षेत्र तहसनहस भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार १३ हेक्टर खेतियोग्य जमिन पुर्णरुपमा कटान गरेर बाढीले बगाएको छ । जिल्लाको तातोपानी ४,७ र ८, तिला गाउँपालिकाको ४ नम्बर वडामा खेतियोग्य जमिन बाढीले […]