तिला गाउँपालिकाका ९ वडाका ३२ बस्ती छुइगोठ मुक्त

  ।   ८ मंसिर २०७८, बुधबार ०९:०३

गोल्डेन बुढा
जुम्ला,मंसिर ८।
जुम्लाको तिला गाउँपालिकामा रहेका ३२ बस्ती छुइगोठ मुक्त भएका छन । ९ वडाका ३२ गाउँ ३३ बाडा छुइगोठ मुक्त घोषणा गरिएको हो । यहाँका ९ सय ५६ घरधुरीका ३ हजार ५ सय १२ जना महिलाले छुइ भएको समयमा गोठमा नबस्ने प्रतिबद्धता जाहेर गरेका हुन । २ हजार २ सय ८२ जना पुरुषले छुइ भएको समयमा घरमै बसाल्ने सहमति गरेका छन ।
गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले सामाजिक कुरीतिको रुपमा रहेका छुइप्रथा अन्त्य अभियानका सबैको एक्केबद्धता र प्रतिबद्धता रहेको बताइन । उनले भनिन्,‘छुई प्रथा हटाउन महिला अग्रसर भएका छन । पुरुषको साथ रहेको छ । छुई प्रथा मात्र नभएर हरेक सामाजिक विकृतिका विरुद्ध आवाज उठाउने प्रण गरेका छन । यो एक नमुना काम हो । ’
समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उपाध्यक्ष बुढाले भनिन् ‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो । महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद अन्त्यका लागि यो अभियान एक नमूना हुनेछ । ’
छुईगोठ मुक्त अभियान लिएर उपाध्यक्ष बुढा गाउँगाउँमा पुगेकी थिइन । गाउँपालिका भरीका एक देखि नौ वडा सम्मका ३२ बस्ती ३४ वाडा छुइगोठ मुक्त भइसकेका हुन । चालु आर्थिक बर्षभित्र गाउँपालिकालाई नै छाउगोठ मुक्त गरिने तयारीका साथ हरेक बस्ती छुईगोठ मुक्त भएका हुन ।
सामाजिक संस्कार सहीतको समाज परिवर्तनमा हाम्रो एक्वद्वता, छुईगोठ मुक्त समाज बनाउनको लागि नागरिकको प्रतिवद्धता भन्ने नाराका साथ सामाजिक कुरीति विरुद्धको अभियान गाउँबस्तीमा चलाइएको थियो । सरकारले बनाएको छाउपडि निर्देशिका २०६४ लाई आधार बनाएर गाउँमा छुइगोक्त मुक्त अभियान चलेको थियो । सर्वोदय नेपालका कार्यकारी निर्देशक धनबहादुर ऐर स्थानीय सरकार संगको समन्वयमा छुइगोठ मुक्त अभियान चलेको बताउँछन । उनले भने,‘स्थानीय सरकार सामाजिक कुरीति विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । ग्रामिण क्षेत्रमा महिला छुइगोठमा नबस्ने बताउँछन । पुरुषहरु पनि छुइ भएको समयमा घरमै बसाल्ने प्रण गर्छन । यो भन्दा उक्त के हुन सक्छ र ?
छुइगोठ मुक्त अभियान थाल्नु अघि प्रत्येक तीन÷तीन महिनामा घरधुरी सर्वेक्षण गरिएको थियो । घरदैलो कार्यक्रम गरेर छुइ प्रथाले समाजमा पु¥याएका असरका बिषयमा सचेतना फैलाइएको थियो । धामीझाँक्री संग सुझाव संकलन गरियो । स्थानीय अगुवा ,महिला वुद्धिजीवि, शिक्षक,शिक्षिका ,युवा स्वास्थ्यकर्मी ,विद्यार्थीहरुको बीचमा छुइ प्रथाका बिषयमा व्यापक छलफल गरिएको थियो ।
वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणा अभियान थालिएको थियो ।
उपाध्यक्ष बुढाले भनिन्,‘ छुइ (महिनावारी) भएको महिला घरमा बस्न हुदैन, मिठो खानेकुरा खानु हुँदैन, आराम गर्न हुँदैन भन्ने परम्परागत मान्यता विरुद्धको अभियानमा स्थानीय सरकार लागेको थियो । यो अभियानमा गाउँपालिकाबासीको राम्रो साथ रह्यो । जसको परिणाम हरेक वस्ती छुइगोठ मुक्त गर्न सकिएको हो । ’
पहिलो चरणमा छुइगोठबाट घरसम्म पुर्याउनेमात्र योजना छ । उपाध्यक्ष बुढाले भनिन्, ‘महिलाहरु छुइ भएको बेला घरमा मात्र बस्न थालेभने धेरै सुरक्षाको अनुभुति गर्नेछन ्। छुइ प्रथाले महिलामाथि हुने गरेको हिंसा न्युनीकरण हुनेछ । ’ तिला गाउँपालिका जुम्लाकै पहिलो छुइगोठ मुक्त गर्ने गाउँपालिकामा पर्छ । छुइगोठमा महिला तथा किशोरीको ज्यान जाने भन्दै जनचेतना जगाउने कार्य थालिएको थियो । गाउँपालिकाका ९ वटै वडामा रहेका छुइ हुने उमेर समुहका किशोरी तथा महिला सुरक्षित तरिकाले घरमै बस्न थालेपछि जुम्ला कै पहिलो गाउँपालिकाको रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी भइरहेको उपाध्यक्ष बुढाले बताइन ।
उपाध्यक्ष बुढाको अगुवाइमा छुइगोठ मुक्त अभियान चलेको हो । तिला गाउँपालिका ८का रत्ना बस्नेतले छुइप्रथाले समाजमा महिलामाथि प्रत्यक्ष विभेद गरिरहेको बताए । छुई घरभित्र प्रवेश गर्दा देवता रिसाउँछन् भ्रम थियो । सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्री पछिल्लो समयमा छुइप्रथा विरुद्ध महिला एकजुट भइरहेको बताए । यो अभियान अहिले तिला गाउँपालिकामा मात्र चलेको छ। उनले भने,‘पछि सबै ठाउँमा विस्तार हुनेछ । ’ स्थानीय लछुमा बस्नेतले छुइ भएको समयमा सरसफाइ गरेर सुरक्षित तवरले घरमै बस्न सुझाव दिइन । गोठमा बल्तकारको शिकार,आगोमा जल्ने,गाइवस्तुको फोहोरमा बस्नुले स्वास्थ्यमा असार पर्ने उनको भनाइछ ।
ज्योती माध्यमिक विद्यालय मालापानीका प्रधानाध्यपक मोतिराम बुढाले छुइगोक्त मुक्त घोषणा गर्नु मात्र ठुलो कुरा नभएको भन्दै पटक पटक अनुगमनको खाँचो भएको औल्याए । उनले भने,‘ हरेक नागरिकको सोचमा परिवर्तनको आवश्यक छ ।े विकास र सम्वृद्धिमा सबैको समन्वय र सहकार्य हुनु जरुरी छ । ’
महिला स्वास्थ स्वयंसेवका बाटु बस्नेतले रुढीबादी चलनको अन्त्य महिला आफैंले गर्नु पर्ने बताइन । तिला गाउँपालिका जुम्लाका नायब सुब्बा मुनबहादुर रावतले छुइगोठ मुक्त घोषणा कार्यक्रम कार्यन्वयन नगरे सरकारी सेवा सुविधामा रोक लगाईने बताए ।
अब गाउँ,बस्ती,टोल,वडा र गाउँपालिका स्तरमा अनुगमन गर्नु पर्नेमा जोड दिए । धामीझाँक्री देविलाल बुढाले मनको डरले महिला आफै असुरक्षित भएको जनाए । दैनिक रुपमा सरसफाइ गरेर घरमा बस्न आग्रह उनले गरेका छन । महिलाले छुइ भएको बेला खानपिनमा ध्यान दिनुपर्ने बताए । सर्वोदय नेपाल इटालियन फाउन्डेसन जुम्लासँगको समन्वयमा तिला गाउँपालिकामा छुइगोठ मुक्त अभियान शुरु भएको हो । छुइगोठ मुक्त घोषणा कार्यक्रममका अवसरमा सन्देशमुक्त देउडा,नाटक लगायतका सचेतनामुलक सामाग्री प्रस्तुत गरिएको थियो ।

Next Post

कार्मा बुढाको राजनीति यात्रा : विद्यार्थी राजनीति देखि जुम्ला काँग्रस उपसभापति सम्म

८ मंसिर २०७८, बुधबार ०९:०३
जुम्ला पातारासी गाउँपालिका ६ का कार्मा बुढा नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । उनी ४ सय ८६ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित भएका हुन । जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख समेत रहेका उपसभापति बुढा कार्यकर्ताका निकै लोकप्रीय नेता हुन ।छैटौँ जिल्ला अधिवेशनमा जिल्ला सचिव भएका उनी सातौँ […]

सम्बन्धित