पाँच महिनामा ४ लाख राजश्व संकलन

  ।   २८ पुष २०७८, बुधबार १९:०५

गोल्डेन बुढा,
जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा झण्डै ४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गुठिचौर गाउँपालिकाका अनुसार ३ लाख ८२ हजार ८ सय ६८ रुपैयाँ संकलन भएको छ । गाउँपालिकाले विभिन्न शिर्षकबाट राजश्व सकंलन गरिरहेको गाउँपालिकाका राजश्व प्रमुख तिलप्रसाद पाण्डेले जानकारी दिए ।
जसमध्ये गाउँपालिकाबाट १ लाख ७८ हजार ५ सय ६६ रुपैँया संकलन भएकोमा वडाहरुबाट १ लाख ९५ हजार ३ सय २ रुपैयाँ संकलन भएको छ ।
गाउँपालिकामा डोजरबाट ६४ हजार ४ सय रुपैयाँ,ट्याक्टरबाट ४० हजार ५ सय रुपैयाँ,स्याउ ढुवानीबाट ३ हजार रुपैयाँ,नविकरण दस्तुरबाट ४३ हजार ५ सय रुपैयाँ,पिछडिएको सिफारिसबाट ३ सय रुपैयाँ,कृषि समुह दर्ता शुल्क १ सय रुपैयाँ,घर नक्साबाट २ हजार १ सय रुपैयाँ,लेखा परीक्षक दरखास्त शुल्क २ हजार र घरभाडा शुल्क १४ हजार ६ सय ६६ रुपैँया संकलन भएको राजश्व प्रमुख पाण्डे बताउँछन ।
सबै वडा कार्यालयबाट चालु आर्थिक वर्षमा १ लाख ९५ हजार ३ सय २ रुपैयाँ उठेको पाण्डेले बताए । यस्तै वडा नम्वर ५ वडाको कार्यालयले चालु आर्थिक वर्षमा ४८ हजार ७ सय ८६ रुपैयाँ उठाएको छ । वडाकार्यालयहरुबाट मालपोत,पञ्जिकरण र सिफारिस शिर्षक बाट राजश्व सकंलन हुने गरेको वडा अध्यक्ष चन्द्रवहादुर नेपाली बताउँछन ।
साउनमा मालपोतबाट ६ हजार ५ सय ८६ रुपैयाँ, सिफारिसबाट ४ हजार २ सय,भदौमा मालपोतबाट ५ हजार २ सय २०,सिफारिसबाट २४ हजार २ सय र असोज महिनामा मालपोतबाट ३ हजार ४ सय ८०, सिफारिसबाट ५ हजार १ सय संकलन भएको वडाध्यक्ष नेपालीले जानकारी दिए । यस्तै ३ नम्वर वडाबाट सबै भन्दा बढी राजश्व हुने गरेको छ । वडा नम्वर ३ मा ५६ हजार १ सय ६७ रुपैँया राजश्व उठेको छ ।
अन्य वडा भन्दा तिन नम्वर वडामा जनसंख्या धेरै भएकोले अन्य वडाको तुलनामा राजश्व बढी सकंलन भएको वडा अध्यक्ष प्रेमवहादुर बुढाको भनाइ छ । ४ नम्वर वडाबाट ५२ हजार ५५ रुपैँया सकंलन भएको वडा अध्यक्ष जग्गीप्रसाद जैशीले जानकारी दिए ।
मालपोत, पञ्जिकरण सिफारिस शिर्षकबाट राजश्व संकलन गरिएको वडा सचिव गोपाल खत्रीको भनाइ छ । २ नम्वर वडा कार्यालयबाट २२ हजार २ सय ३९ रुपैँया सकंलन भएको वडा अध्यक्ष पृथ्वी बुढाले बताए ।
१ नम्वर वडाकार्यालय देखि १६ हजार ५५ रुपैयाँ राजश्व सकंलन भएको वडा अध्यक्ष गणेश ऐडी बताउँछन । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा गुठिचौर गाउँपालिकाले २७ लाख १५ हजार ४ सय ३ रुपैँया राजश्व सकंलन गरेको थियो ।

Next Post

जुम्लामा सार्वजनिक सेवा पाउन खोप कोर्ड अनिवार्य

२८ पुष २०७८, बुधबार १९:०५
जुम्ला–जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक […]