जुम्लाका ८५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप

  ।   २८ माघ २०७८, शुक्रबार १८:१९

जुम्ला,माघ २८।
जिल्ला जनस्वास्थ कार्यालय जुम्लाले जिल्ला भित्रका ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएको जनाएको छ । जसअनुसार ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन । कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पुर्णखोप लगाइसकेका छन । बुस्टर खोप २ हजार ८८ जनाले मात्र लगाएका छन । त्यो कुल संख्याको ३ प्रतिशत मात्र हो ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटले सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका नागरिकले कोभिडविरुद्धको खोप लगाएको जानकारी दिए । उनका अनुसार २५ हजार ९९३ जनाले कोभिड विरुद्धको खोप लगाएका छन । चन्दननाथ नगरपालिका जुम्ला सदरमुकाम खलंगा भित्र पर्छ । यो जनघनत्वको हिसावले पनि बढि छ । जिल्लाको एक नगरपालिका र सात गाउँपालिका मध्ये चन्दननाथ नगरपालिकाका नागरिकले बढि कोभिडविरुद्धको खोप लगाएका हुन ।
चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९७२, दोस्रो खोप ११ हजार ७९४ र बुस्टर खोप १ हजार २ सय २७ जनाले लगाएको जानकारी दिए ।
पातारासी गाउँपालिकामा पहिलो खोप ९ हजार ४६६, पूर्ण खोप ७ हजार ३१५ र बुस्टर १७३ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूर्ण खोप ४ हजार ४३६ जनाले लगाएका छन् । सिंजामा पहिलो खोप ५ हजार ३५४ र पूर्ण खोप ४ हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । गुठीचौर गाउँपालिकामा पहिलो खोप ७ हजार ५२६, पूर्ण खोप ४ हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
तातोपानी गाउँपालिकामा पहिलो खोप ७ हजार ४४१ र पूर्ण खोप ४ हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप ५ हजार ९५४ र पूर्ण खोप ३ हजार ५९४ जनाले लगाएका छन् । हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूर्ण खोप ४ हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन । परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन मानेनन । पछिल्लो समयमा सार्वजनिक स्थानमा सेवा लिन र दिनको लागि अनिवार्य रुपमा खोपकार्ड आवश्यक पर्ने सरकारले निर्णय गरेपछि अहिले कोभिडविरुद्धको खोप लगाउन हानाथाप नै छ । अहिले हवाईसेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला,गोष्ठीमा सहभागि हुन अनिवार्य रुपमा खोपकार्ड बोक्नु पर्ने प्राव्धानले खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय बताउँछन । अहिले खोप अभियान निरन्तर जारी छ । शंकास्पद व्यक्तिको एन्टिजेन तथा पिसिआर परिक्षण गर्ने कार्य चलिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य चौकी सिल

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ । अहेव र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि शुक्रबारदेखि २ फागुनसम्म स्वास्थ्य चौकी सिल गरिएको हो ।
स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार २ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी ३ दिनका लागि बन्द गरिएको हो । उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ ।’ कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ । यसमध्ये अहिले ३ जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए ।

Next Post

विकासप्रेमी वडाध्यक्ष प्रेमबहादुर सम्मानित

२८ माघ २०७८, शुक्रबार १८:१९
जुम्ला,माघ २८। जुम्लाको तातोपानी गाउँपालिका १ का वडाध्यक्ष प्रेमबहादुर कठायत गाउँपालिकाबाट सम्मानित भए । विकास निर्माणका क्रियाकलापमा निकै जिम्मेवार भएर प्रस्तुत हुने प्रेमबहादुर गाउँपालिकाबाट सम्मानित हुने पहिलो वडाध्यक्ष हुन । उनले पालिकाले तोकेको समयभित्र सबै विकास योजनाको सम्झौता गराउन सफल भए । निरन्तर खटिएर पक्ष विपक्ष नभनेर उनी रातदिन खटिए […]

सम्बन्धित