एमसीसीविरुद्ध एकीकृत समाजवादी जुम्ला सडकमा

  ।   १ फाल्गुन २०७८, आईतवार २०:०१

नेकपा एकीकृत समाजवादी जुम्ला अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध सडकमा उत्रिएको छ । जुम्लामा सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरिएको हो । नेकपा एकीकृत समाजवादी पार्टीको देशभर एमसीसीविरुद्धको आन्दोलनको कार्यक्रम तय भए अनुसार जुम्लामा पनि विरोध प्रदर्शन गरिएको हो ।
नेकपा एकीकृत समाजवादी पार्टी जुम्ला र समाजवादी पार्टी निकट युवा संघ नेपाल, अनेरास्ववियू र समाजवादी प्रेस संगठनले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसिसी खारेज गर’ जस्ता नारा लगाएका थिए ।
नेकपा एकीकृत समाजबादी पार्टीले एमसीसी खारेज हुनुपर्ने माग गरेको छ । युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज हरिकृष्ण थापाले राष्ट्घाती एमसीसी नेपाललाई आवश्यक नभएको बताए । उनले भने ‘अनुदानका नाममा देशलाई अहीत हुने खालका कुनै पनि सन्धी सम्झौता गर्न आवश्यक छैन । यो सरासर गलत हो । ’
नेकपा एकीकृत समाजवादी पार्टी जुम्लाका जिल्ला कमिटी सचिलालय सदस्य टेकप्रसाद धिताल र प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य नारायणी चौलागाईले देशलाई हित नहुने एमसीसी जस्तो घातक सम्झौता गर्न नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीले आइतबार देशभर एमसिसी विरुद्ध आन्दोलन गरेको थियो । जुम्लामा एमसीसी विरुद्धका नाराजुलुस सहित बजार परिक्रमा गरिएको थियो ।

Next Post

सहिदको रगत खेर जान दिने छैनौँ : पुर्वमन्त्री भण्डारी

१ फाल्गुन २०७८, आईतवार २०:०१
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले २७ औँ जनयुद्ध दिवसले समृद्धि नेपाल निर्माण अभियानमा उर्जा थप्ने बताएका छन । उनले जनयुद्ध नेपाल र नेपालीको गौरवपुर्ण दिन भएको बताए । जनयुद्ध दिवसको दिन चन्दननाथ नगरपालिका ३ भण्डारीगाउँमा रहेका सहिदको शालिकमा अविर माला लगाउँदै उनले सामान्ति राज्यसत्ता विरुद्धको लडाइँमा अग्रसर भएर […]

सम्बन्धित