७ महिनाको सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन माग

  ।   २ फाल्गुन २०७८, सोमबार १८:३०

नेकपा माओवादी तिला गाउँपालिका ४ स्थित वडा कमिटीले तत्काल सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएर जनजीवन सहज बनाउन माग गरेको छ । ७ महिना देखि सामाजिक सुरक्षाभत्ता नपाउदा समस्या भएकोले तत्काल उपलब्ध गराउन ७ दिने अल्टिमेटम दिएको हो । सापुल्ली,रावतबाड र नुवाकोट गाउँका बालबालिका,जेष्ठ नागरिक,एकल महिला,अपाङगता भएका व्यक्तिले भत्ता पाउन सकेका छैनन ।
वडा कार्यालय केही समय अघि अज्ञात समुहले तोडफोड गरेर कागजात जलाएकोले भत्ता दिन असहज भएको जनाएको छ । नेकपा माओवादी केन्द्र वडा कमिटीले वडा कार्यालयमा भएको क्षतिको बारेमा अनुसन्धान गरेर प्रतिबेदन सार्वजनिक गर्न माग गरेको हो । डेढ महिना वितिसक्दा पनि कुनै पहल नहुनु दुखद पक्ष हो,नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष धनबहादुर हमालले भने,‘छानविन गरेर सत्यतथ्य बाहिर नल्याउनु रहस्यपुर्ण हो । अब जनतालाई स्पष्ट वडा सरकारले पार्नुपर्छ । ’
वडाध्यक्ष सन्तबहादुर शाहीलाई ज्ञापन पत्र बुझाउँदै वडा कार्यालयमा भएको तोडफोडले जनताको सम्पति नष्ट हुनु,पुराना श्रेस्ता सबै नष्ट हुनुले निकै समस्या ल्याएको छ । ज्ञापन पत्रमा भनिएकोछ,‘७ दिन भित्र सबै समस्याका बारेमा जानकारी दिन माग गरिएको छ । यो माग वडा कार्यालयले ७ दिनभित्र पुरा गर्नुपर्छ ।’
ज्ञापन पत्रको सुनुवाई नभएमा संघर्षका कार्यक्रम घोषणा गरेर कार्यालय तालाबन्दी गर्न बाध्य हुने नेकपा माओवादी केन्द्र तिला ४ ले चेतावनी दिएको छ । सामाजिक सुरक्षाभत्ता यथासिघ्र वितरण गर्नुपर्ने,नष्ट भएका वडाका सबै अभिलेखहरु तयार पारेर भौतिक तथा आर्थिक विवरण वडाको भेला गराएर सार्वजनिक गर्नु पर्ने माग गरिएको अध्यक्ष हमालले बताए । वडा कार्यालय तोडफोडमा संलग्नलाई तत्काल पत्ता लगाएर कार्वाही गर्न माग गरिएको छ ।

Next Post

स्वास्थ्यकर्मी लिएर उपाध्यक्ष बुढा जेष्ठ नागरिक भेट्न गाउँमा

२ फाल्गुन २०७८, सोमबार १८:३०
गोल्डेन बुढा,जुम्ला,जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा जेष्ठ नागरिक भेटघाटमा निस्किएकी छिन । उनी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै उनीहरुलाई सम्मान गर्न गाउँमा पुगेकी हुन । उनले भनिन्,‘अत्यधिक चिसोको समयमा स्वास्थ्यप्रति संवेदनशिल बन्न जेष्ठनागरिकलाई आग्रह गरिएको छ । रोग अनुसारको औषधि स्वास्थ्यकर्मीले दिने गरेका छन । जेष्ठ […]