कर्णाली प्रदेश सरकारको प्रवक्तामा विष्ट

  ।   ४ फाल्गुन २०७८, बुधबार १८:५३

कर्णाली प्रदेश सरकारको प्रवक्तामा विन्दमान विष्टले जिम्मेवारी पाएका छन्। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्ट प्रदेश सरकारको प्रवक्ता नियुक्त भएका हुन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी मन्त्री विष्टलाई प्रवक्तामा नियुक्त गरेका हुन्।

विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन्। कर्णाली प्रदेश सरकारको पहिलो प्रवक्ता विमला केसी थिइन्। सुरूको मन्त्रिपरिषद् गठन गर्दा माओवादी केन्द्रबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी केसीलाई प्रवक्ता बनाइएको थियो। त्यसपछि फेरि पुनःगठन गरिएको मन्त्रिपरिषदमा सीता नेपाली प्रदेश सरकारको प्रवक्ता थिइन्। उनी आन्तरिक मामिला तथा कानुनमन्त्री थिइन्।

Next Post

हियाखोलामा होजियारी उद्योग खोल्ने तयारी

४ फाल्गुन २०७८, बुधबार १८:५३
जुम्ला,फागुन ५। जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेबी कामी अहिले हातेहोजियारी सीप सिक्नमै ब्यस्त छिन । उनी बिहान बेलुकीको समयमा स्वीटर,हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांस समय बिताउँछिन । उनले महिला,बालबालिका,पुरुषका लागि पनि कडा बुन्न सक्ने भइसकेकी छिन । गाउँमै तातोपानी गाउँपालिका ६ ले ६ महिने होजियारी सीप दिएपछि अहिले […]